बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १३०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ११०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४४,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ६०,लौका ७०,हरियो फर्सी ९०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today || krishi

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ३०, गाजर ११०, मूला सेतो हाइब्रीड ७०,मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी ८०, टाटे सिमी ८०,तितो करेला ६०,ब्रोकाउली ११०, कागती १५० रुपैयाँ, भिण्डी रू ८०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०,केरा दर्जन १३०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया २००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २५०,लसुन हरियो १५०, रुख कटहर ४०, छ्यापी सुकेको १८०,भेडे खु्र्सानी ७० , फूजी स्याउ ३५०,मौसम १२०,जुनार ३२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १८०,तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?