अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भए किसान

झाडी हटाएर खोर्सानी खेती

पाल्पा:दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्।

मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ।

बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ।आजको गोरखापत्र अनलाइनमा खबर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?