अनुदानको मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

इलाम:सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुईलाख रुपियाँ जरिवाना गरेको छ । 

सदरमुकामस्थित इलाम नगरपालिका –७ मा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको हो ।आजको गोरखापत्र   अनलाइनमा खबर छ ।  

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments