गोलभेडा पछी भारतमा नेपाली बन्दागोभी निर्यात हुँदै
कञ्चनपुर :कञ्चनपुरको गड्डाचौकी नाका भएर पहिलो पटक बन्दोगोभी भारतमा निर्यात भएको छ । प्राय भारतबाट नेपालमा तरकारी आयात हुने गरेकोमा पहिलो पटक नाका भएर बन्दागोभी निर्यात भएको हो ।
साउनमा एक हजार पाँच सय किलो बन्दागोभी भारत निर्यात भएको गड्डौचाकीस्थित कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका छन् ।
