घट्यो सानो गोलभेडाको मूल्य प्रतिकेजी ५० मा कारोबार,यस्तो छ अन्य तरकारीको मूल्यसूची
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०,टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ९०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today || krishi
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ५०, गाजर ८०, मूला सेतो ९०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी ८०, टाटे सिमी ७०,तितो करेला ७०,ब्रोकाउली १४०, कागती १३० रुपैयाँ, भिण्डी रू ५५,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ३५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०,लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३५०,अम्बा १५०,जुनार ३२०,तोफु ११०,पिंडालू ६०,तामा १००,कन्य च्याउ १८० ,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
