नेपालबाट एक महिनामा रु ९६ करोड बढीको अलैँची निर्यात
काठमाडौँ : भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक महिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ ।
विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ ।
त्यस्तै चालु आवको पहिलो महिनामा रु ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।
