भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी बरामद
नवलपरासी :
५४ वटा बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको अवस्थामा रामग्राम -८ परासीस्थित भैँसी बजारबाट चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।
चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको १ लाख २९ हजार ६ सय मूल्य बराबरको को चिनी पिकप सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाइएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
