बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत

दूध उत्पादन

काठमडौँ:कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा.बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरुका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

संस्थानबाट उत्पादित दूधमा दुई छुटसहित प्रति लिटर ९५, दहीमा २० छुटसहित प्रतिलिटर एक सय ७०, पनिर आधा केजीमा ५० छुटसहित ४५० तथा नौनी र घ्युउमा प्रति केजी छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपियाँका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ ।

यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ । सो अवसरमा मन्त्री डा.भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवम् व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिँदै स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट गर्नुभयो । रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?