बैतडीमा चट्याङ लागेर तीन चौपाया मरे, चार घरमा क्षति

चट्याङ

बैतडी: बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो। चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित घरको वइरीङ्गमा समेत  क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक/एक बाख्रा पनि चट्याङ लागेर मरेका छन्। चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ। विस्तृत विवरण आउँन बाकि रहेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?