स्ट्रबेरी प्रतिकेजी ६०० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो ४५,गोलभेडा सानो लोकल रू २५,भारतीय गोलभेडा ठूलो ६०,घिउ सिमी लोकल २०,काउली स्थानिय प्रतिकेजी २० रुपैयाँ ,आलु रातो ५५,भारतीय आलु रातो ३४,लौका १५,हरियो फर्सी रू १०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४०, लोकल गाजर ५०,मूला सेतो १५,भन्टा डल्लो ४०,भन्टा लाम्चो २५,टाटे सिमी ७०,तितो करेला ८०,ब्रोकाउली ५०, कागती १२० रुपैयाँ, भिण्डी रू ७०,रातो बन्दा १५०,लोकल काक्रो ३०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १०००,केरा दर्जन १६०,अनार ४५० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि १५०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ४००, छडी माछा ३००,बचुवा माछा ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २६०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,मटरकोशा १८०,लसुन हरियो २५०,सखरखण्ड ५०,भेडे खु्र्सानी ७०,नेपाली मेवा ६०,भारतीय मेवा ९०,फूजी स्याउ ३२०,अम्बा २००,मौसम १५०,जुनार २५०,नेपाली सुन्तला प्रतिकेजी ८०,भारतीय सुन्तला ८०,स्ट्रबेरी भुईऐसेलु ६००,पुदीना प्रतिकेजी ३००,अमला ६०,तोफु १२०,पिंडालू ४०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला २५,रुख टमाटर १००,स्कूस १०,बकूला १००,कन्य च्याउ ७०,तने बोडी प्रतिकेजी ३० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?