पोखरा महानगरले बिक्री नभएका फूल र मालाको २० रुपैयाँ प्रोत्साहन दिने

गण्डकी: पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला रु २० का दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

उनले भने,“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला रु २० का दरले रु एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।” 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?