ह्वात्तै बढ्यो लोकल काक्रोको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७०,टनेल गोलभेडा सानो १५,गोलभेडा सानो लोकल रू १०,गोलभेडा ठूलो भारतीय ९०,घिउ सिमी लोकल ३०,काउली स्थानिय प्रतिकेजी १० रुपैयाँ ,आलु रातो ४४,भारतीय आलु रातो ३८,लौका ३०,हरियो फर्सी रू १५,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ३५, लोकल गाजर ४०,मूला सेतो १०,भन्टा डल्लो ३०,भन्टा लाम्चो १५,टाटे सिमी ५०,तितो करेला ८०,ब्रोकाउली ३०, कागती १२० रुपैयाँ, भिण्डी रू ९०,रातो बन्दा १५०,लोकल काक्रो ५०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ८००,केरा दर्जन १४०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ३५०,किवि २००,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४८०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २७०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,मटरकोशा ७०,लसुन हरियो १००,सखरखण्ड ७०,भेडे खु्र्सानी ६०,पिंडालू ५०,तरुल ७०,नेपाली मेवा ८०,भारतीय मेवा १००,फूजी स्याउ ३२०,अम्बा २५०,मौसम १२०,जुनार २४०,स्ट्रबेरी ३५०,नेपाली सुन्तला १००,तरबुजा ६०,तोफु १२०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस १५,बरेला २५,बकूला ७०,कन्य च्याउ १४०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments