बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान
कास्की: पोखरा महानगरपालिका १९ लामाचौरले पोखरामा बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाएको छ । बाँदरबाट अति प्रभावित भएको भन्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गर्नुभएको हो ।

