आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ७० रुपैयाँ,टनेल गोलभेडा सानो ३०,लोकल गोलभेडा सानो २०,घिउ सिमी लोकल १५०,काउली स्थानिय प्रतिकेजी ३० रुपैयाँ,आलु रातो ३० रुपैयाँ,भारतीय आलु रातो ३२,लौका ५०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ३० रुपैयाँ,लोकल गाजर २५ रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ,टाटे सिमी ९०,तितो करेला १३० रुपैयाँ,ब्रोकाउली ५०,कागती २२० रुपैयाँ, भिण्डी ११० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १२० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ८०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर २०० रुपैयाँ,किवि ४५० रुपैयाँ,हरियो खुर्सानी माछे ८० रुपैयाँ,रहु माछा ३५०,छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी १५० रुपैयाँ,हरियो धनिया ३० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,लसुन सुकेको नेपाली १९०,चाइनिज लसुन सुकेको २००,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७५,मटरकोशा ७०,लसुन हरियो ९०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी ११० रुपैयाँ,पिंडालू ८० रुपैयाँ,तरुल ७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ६० रुपैयाँ,भारतीय मेवा ६० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा २२० रुपैयाँ,मौसम १३० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी २००,भारतीय सुन्तला १००,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ६०,निबुवा ५०,तामा १००,स्कूस ३५,बरेला ६०,बकूला ७०,पालूगो साग ६०,कन्य च्याउ ११० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १४०,पुदीना प्रतिकेजी २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?