विपन्न परिवारलाई अनुदानमा बाख्रा वितरण

कञ्चनपुर,१४ असार: कृष्णपुर नगरपालिकाले आर्थिकरुपमा अतिविपन्न दलित, मुक्तहलिया, मुक्तकमैया परिवारलाई अनुदानमा बाख्रा वितरण गरेको छ ।

राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरको समन्वयमा नगरपालिकाको दलित लक्षित मागमा आधारित कार्यक्रमअन्तर्गत दलित, मुक्तहलिया, मुक्तकमैया परिवारका ४० जनालाई एक÷एक वटाको दरले बाख्रा वितरण गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु छ लाख रकम परिचालन गरिएको छ । आर्थिकरुपमा विपन्न दलित, मुक्तहलिया, मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि अनुदानमा बाख्रा वितरण गरिएको समाजका अध्यक्ष शिवी लुहारले बताउनुभयो ।

उहाँकाअनुसार नगरपालिकाको नौ वटा वडाका अतिविपन्नको सूचीमा रहेका दलित २० वडा नं ४ र ५ का मुक्तकमैया १० परिवार र पाँच वटा वडाका मुक्तहलिया १० परिवारलाई बाख्रा वितरण गरिएको छ । किसान मङ्गल लुहारले अनुदानमा बाख्रा पाउँदा खुसी लागेको बताउनुभयो । “व्यावसायिक बाख्रापालनको सोच छ, खोर निर्माणका लागि पनि सहयोग पाए काम गर्न सजिलो हुने थियो”, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments