ह्वात्तै घट्यो अकबरे खुर्सानीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।हिजो न्यूनतम ४०० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको अकबरे खुर्सानी हरियोको मुल्य आज प्रतिकेजीमा १०० रुपैयाँले घटेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो २०, टनेल गोलभेडा सानो ३२ ,घिउ सिमी लोकल ७०, टाटे सिमी ११०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ४८,भारतीय आलु रातो ५४,लौका ३०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,सिताके च्याउ १०००,राजा च्याउ २८०, कन्य च्याउ १८० रुपैयाँ, मकै बोडी ९०,बन्दा लोकल ४० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, लोकल मूला सेतो २० रुपैयाँ, गान्टे मूला ८०,भन्टा लाम्चो ५० रुपैयाँ,तितो करेला ४० रुपैयाँ,ब्रोकाउली १२०,कागती २०० रुपैयाँ, भिण्डी ३० रुपैयाँ,रातो बन्दा ८० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार,केरा दर्जन १३० रुपैयाँ,अनार ३०० रुपैयाँ, आँप(मालदह) १३०,आँप(दसहरी) १३० रुपैयाँ,कालो अंगुर ४८०,रुख कटहर ४५ ,लोकल नासपाती १००,किवि ५०० रुपैयाँ,आभोकाडो ५५०,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी माछे ६० रुपैयाँ ,भेडे खु्र्सानी ७० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,हरियो धनिया १५० रुपैयाँ,लसुन सुकेको नेपाली २००,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ६०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८०,भटमासकोशा १६०,इमली १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३०० रुपैयाँ, पिंडालू ९०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ६०,तामा १००,स्कूस ६०, सेलरी २५०, पार्सले ७००,जिरीको साग प्रतिकेजी ३५०,रायो साग ७०,तोरीको साग ६०,प्याज हरियो १६०,लसुन हरियो १५०, छ्यापी हरियो १८० ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँमा कारोबार भइरहेको छ ।
