इन्द्र साहको इलम: स्वादिलो खाजा बेचेर १० जनाको परिवार भरणपोषण
सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वीकिनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ। गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेकोहरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने शारीरिक रुपमाअशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो रस्वादिलो नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ ।
इन्द्र साह जन्मजात अपाङ्ग होइनन् । एक प्रलयंकारी दुर्घटनामा परेरउनको दाहिने खुट्टा घुँडामाथिबाटै काटेर मिल्काउनु पर्यो । उनीबैशाखीको साहारामा हिंडडुल गर्छन् । एकाबिहानै उनी घरबाट उठेरपाँच सय मिटरको दूरीमा रहेको पसलमा बैशाखी टेक्दै आउँछन् ।दिनभरी पसल चलाउँछन् र रातपरेपछि घर फर्किन्छन् ।
२०७६ असार २७ गतेसम्म उनी हट्टाकट्टा तन्नेरी र सपाङ्ग थिए ।आफ्नै एउटा पिकअप भ्यान किनेर आफै ड्राइभिङ्ग गर्थे ।मालसामान ढुवानी गर्थे । २०७६ असार २७ गते उनी काठमाडौंमासामान उतारेर घर सिरहातर्फ फर्किंदै थिए ।
बीपी राजमार्गको नेपालथोक नजिक पहिरोमा साहको पिकअपपुरियो । वडेमाको एउटा ढुंगाले उनको पिकअप भ्यानलाईकच्याककुच्युक हुनेगरी थिच्यो । पहिरो पन्छाएर साहलाई जीवितैउद्धार गरियो र काठमाडौं स्थित बीएण्डबी अस्पतालमा भर्ना गराइयो।
४८ दिन आईसियू र त्यसपछि चार महिनाको अस्पताल बसाई पछिउनी घर फर्किए तर उनको दाहिने खुट्टा घुँडादेखि माथिबाटै काट्नुपर्यो ।
साह भन्छन् ‘डुँडो खुट्टा लिएर घर फर्कें । श्रीसम्पत्ति बेचेर ४८ लाखरुपैयाँ अस्पताललाई बुझाएँ । बिमाले जम्मा नौं लाख दियो ।पिकअप भ्यान पनि कवाडी भयो । जीवन त जोगियो तर १० जनाकोपरिवार र आफ्नै जिन्दगीको भार बैशाखीमा हिँडेर कसरी पाल्नेचिन्ताले सतायो ।’
‘लामो समयसम्म घरमा त्यसै बसिरहन उनको मनले मानेन् । २०७८सालमा राजमार्ग छेउमा एउटा गुम्ती (कठघरा) राखें । उनले चिया रनास्ताको पसल थापे । सुरुमा थोरै बिक्री हुन्थ्यो । पछि पछि प्रचारहुँदै गयो । अहिले दिन बदलियो । साह भन्छन् अब म नास्ता दिनैभ्याउँदिन । ग्राहकको चाप ह्वात्तै बढेको छ,’ उनले सुनाए ।
साहको पसलमा अहिले चिउरा, मुरही (भुजा) चना घुघनी (विरौला), कचरी, आलुचप, हरियो खुर्सानी, प्याज एक टुक्रा र वीरेनुनको नास्तासेट छ । त्यसमाथि शुद्ध दुधको स्पेसल चिया छ । गुम्तीभित्रै बसेरउनी कागजमा नास्ता दिन्छन् । ग्राहकले आफैं उठेर नास्ताको पोकालैजान्छन् । गुम्तीको छेउमा तीनवटा बेञ्च छ । त्यसमा बसेरग्राहकहरु हात–हातमा नास्ताको पोका लिएर खान्छन् । बस्ने ठाउँनपाउनेले उभिएरै खान्छन् । आलुचल र कचरी प्याकिङ्ग गरेर घरघरमा लैजान्छन् । दिनभरीमा २ सय देखि दुईसय २५ जना ग्राहकलेउनको पसलको नास्ता खान्छन् । एउटा खाजाको पोकाको ६०रुप्ैंयाँ पर्छ । दिनभरीमा १०–१२ हजारको बिक्री हुन्छ ।
साहको पसलमा ग्राहक ओइरिनुको कारण छ । उनले आजपकाएको कचरी र आलुचपको तेल भोलिपल्ट प्रयोग गर्दैनन् । बासीकचरी आलुचप र चना दिदैंनन् । डढेको तेलमाथि अर्को तेल थपेरपकाउँदैनन् । शुद्ध खानेतेल मात्र प्रयोग गर्छन् । नास्ता पेट भरिनेगरीदिन्छन्, त्यो पनि मात्र ६० रुपैयाँमा । अन्य पसलको तुलनामा सस्तोछ । साहले पकाएको चनाको घुघनी औधी स्वादिष्ट छ । छेउछाउकाग्राहक र राजमार्गमा चल्ने साना यात्रुबाहक गाडीहरुले पनि रोकेर पनिखाजा खान थालेका छन् ।
साह भन्छन्, ‘पहिले पहिले अपाङ्गको पसल भनेर दयामाया देखाउँदैग्राहक आउँथे तर अहिले उनको नास्ताको स्वाद सम्झेर ग्राहकआउँछन् ।’
साहले आफैंले पसल र वरपर सरसफाई गर्छन् । प्याज काट्नु, आलुउसिन्नु , चना घुघनी पकाउने, बाल्टिनमा पानी ल्याउने, कचरी रआलुचप तार्ने र नास्ता पस्केर दिने यावत कार्य आफं गर्छन् ।बजारबाट सामान पनि आफैं किनेर ल्याउँछन् । कसैको सहयोगचाहिँदैन । झमक्क साँझ परेपछि उनी पसल बन्द गरेर उनी घरजान्छन् । साह भन्छन्,‘कसैले मलाई अपाङ्ग हो भनेर नठानुन् । मसबै काम आफै गर्छु ।’
साहका चार जना भाइबहिनी छन् । बा, आमा, पत्नी, एक छोरा रएक छोरी गरी १० जनाको परिवार छ । छोराछोरीलाई बोर्डिङ्गस्कूलमा पढाउने र सम्पूर्ण परिवारको भरणपोषण तथा रेखदेखकोजिम्मेवारी शारीरिक रुपमा अशक्त इन्द्रकै काँधमा छ । सपाङ्ग हुँदाउनी अत्यन्त उर्जावान युवा थिए नै, अपाङ्ग हुँदा पनि उनको जोश रजाँगरमा बिञ्चित कमी आएको छैन । इलमी इन्द्र गोलबजारनगरपालिका भित्र युवाहरुको आदर्श र अन्य अपाङ्गहरुका लागिपनि प्रेरणाका स्रोत बनेका छन् ।
