आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् शनिबारको मूल्यसूची

काठमाडौँ, ३० जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज विभिन्न तरकारी, फलफूल र माछाको मूल्यमा केही उतारचढाव देखिएको छ ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य ५० देखि अधिकतम ६० रुपैयाँसम्म तोकिएको छ। भारतीय ठूलो गोलभेडाको मूल्य न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँ रहेको छ। नेपाली सानो (लोकल) गोलभेडा न्यूनतम १० देखि अधिकतम २० रुपैयाँमा कारोबार भइरहँदा टनेलको सानो गोलभेडाको मूल्य भने २६ देखि ३५ रुपैयाँ कायम गरिएको छ।

रातो लाम्चो आलु न्यूनतम ३५ देखि अधिकतम ३८ रुपैयाँ, गोलो रातो आलु ३० देखि ३५ रुपैयाँ, मुडेको रातो आलु ३२ देखि ३५ रुपैयाँ र सेतो आलु २८ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ४० देखि अधिकतम ४३ रुपैयाँ तोकिएको छ।

यस्तै, स्थानीय गाजरको मूल्य न्यूनतम ८० देखि अधिकतम १०० रुपैयाँ छ। यस्तै, स्थानीय बन्दा ५० देखि ६० रुपैयाँ, स्थानीय काउली ४० देखि ६० रुपैयाँ र लोकल काक्रो ५० देखि ७० रुपैयाँमा उपलब्ध छ। हाइब्रीड काक्रो भने न्यूनतम १० देखि अधिकतम २० रुपैयाँमा पाइन्छ। लोकलक्रस काक्रोको मूल्य ५० देखि ७० रुपैयाँ रहेको छ।

रातो मूला ३० देखि ४० रुपैयाँ र हाइब्रीड सेतो मूला १० देखि २० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, लाम्चो भन्टा २० देखि ३० रुपैयाँ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँ तोकिएको छ। तने बोडी २० देखि ३० रुपैयाँ, मकै बोडी ३० देखि ४० रुपैयाँ र मटरकोशा १२० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, लोकल र हाइब्रीड घिउ सिमीको मूल्य समान ४० देखि ५० रुपैयाँ छ भने राजमा घिउ सिमी ९० देखि १०० रुपैयाँ र टाटे सिमी ६० देखि ७० रुपैयाँमा पाइन्छ। भटमासकोशा १०० देखि १२० रुपैयाँ, तितो करेला ३० देखि ४० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ र परवर (लोकल तथा तराई) ३० देखि ४० रुपैयाँमा उपलब्ध छ। चिचिण्डो र घिरौलाको मूल्य पनि समान ३० देखि ४० रुपैयाँ तोकिएको छ।

यसैगरी, झिगूनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ। भिण्डी २० देखि ३० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ८० देखि ९० रुपैयाँ र स्कूसको मूल्य ४० देखि ५० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीतर्फ, रायो साग ३० देखि ४० रुपैयाँ, पालूगो र चमसूरको साग ८० देखि ९० रुपैयाँ, तोरीको साग ५० देखि ६० रुपैयाँ र हरियो प्याज ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ। जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १२० देखि १३० रुपैयाँ, पार्सले २०० देखि २२० रुपैयाँ र सौफको साग ८० देखि ९० रुपैयाँ तोकिएको छ। पुदीनाको मूल्य १०० देखि १२० रुपैयाँ र गान्टे मूला ६० देखि ७० रुपैयाँ रहेको छ।

कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ३०० देखि ३७० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र महँगो मानिने सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ। कुरीलोको मूल्य ३०० देखि ३५० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ र ब्रोकाउली ८० देखि १०० रुपैयाँ छ। त्यसैगरी, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ र रातो बन्दा ३० देखि ४० रुपैयाँमा पाइन्छ। इमली १६० देखि १८० रुपैयाँ, तामा १३० देखि १४० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ।

फलफूलतर्फ, फुजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रति दर्जन १८० देखि २०० रुपैयाँ र मालभोग केरा २०० देखि २२० रुपैयाँमा बिक्री भइरहेको छ। कागती १४० देखि १६० रुपैयाँ, अनार ४०० देखि ४२० रुपैयाँ, मालदह आँप ७० देखि ८० रुपैयाँ र दसहरी आँप ९० देखि १०० रुपैयाँमा पाइन्छ। हरियो तरबुजा ४० देखि ५० रुपैयाँ, जुनार २०० देखि २२० रुपैयाँ, भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ र रुख कटहर प्रति किलो ४० देखि ५० रुपैयाँ तोकिएको छ। चाइनिज नासपाती १५० देखि १६० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। लिच्चीतर्फ, लोकल २३० देखि २५० रुपैयाँ र भारतीय २८० देखि ३०० रुपैयाँ छ भने काँचो नरिवल ७० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा उपलब्ध छ।

अदुवा १२० देखि १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ४० देखि ५० रुपैयाँ, बुलेट खुर्सानी ३० देखि ४० रुपैयाँ र माछे खुर्सानी ५० देखि ६० रुपैयाँ तोकिएको छ। अकबरे खुर्सानी २५० देखि ३०० रुपैयाँ, भेडे खुर्सानी ७० देखि ९० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनिया ९० देखि १२० रुपैयाँमा पाइन्छ। सुकेको चिनियाँ लसुन २०० देखि २२० रुपैयाँ र नेपाली लसुन १६० देखि १८० रुपैयाँ कायम गरिएको छ।

माछाको मूल्य हेर्दा सुकेको माछा न्यूनतम ८०० देखि अधिकतम १००० रुपैयाँ छ। ताजा माछामा रहु ३२० देखि ३४० रुपैयाँ, बचुवा २८० देखि ३०० रुपैयाँ र छडी माछा २४० देखि २५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?