हेर्नुहोस् कालीमाटी बजारको ताजा मूल्यसूची: गोलभेडादेखि माछासम्मको यस्तो छ आजको भाउ

काठमाडौँ, ३१ जेठ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज विभिन्न तरकारी, फलफूल र माछाको मूल्य निर्धारण गरी कारोबार भइरहेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्म तोकिएको छ। यसैगरी, गोलभेडा सानो (लोकल) न्यूनतम रू १५ देखि रू २० सम्म र गोलभेडा सानो (टनेल) रू २६ देखि रू ३५ मा कारोबार भइरहेको छ। आलु रातो (लाम्चो) को मूल्य रू ३५ देखि रू ३८, रातो आलु (गोलो) रू ३० देखि रू ३५ र आलु रातो (मुडे) रू ३२ देखि रू ३५ सम्म रहेको छ। यस्तै, आलु सेतो रू २८ देखि रू ३० र भारतीय सुकेको प्याज प्रतिकिलो रू ३८ देखि रू ४२ मा बिक्री भइरहेको छ।

त्यसैगरी, गाजर (लोकल) रू ७० देखि रू ९०, बन्दा (लोकल) रू ५० देखि रू ६० र स्थानीय काउली रू ४० देखि रू ६० सम्म मूल्य तोकिएको छ। काक्रो (लोकल) रू ६० देखि रू ८०, काक्रो (हाइब्रीड) रू १० देखि रू २० र काक्रो (लोकलक्रस) रू ५० देखि रू ६५ सम्म पुगेको छ। यस्तै, रातो मूला रू ३० देखि रू ४० र सेतो मूला (हाइब्रीड) रू १५ देखि रू २० मा पाइन्छ। भन्टा लाम्चो रू १५ देखि रू ३० र डल्लो भन्टा रू २५ देखि रू ३५ सम्म तोकिएको छ।

यसैगरी, बोडी (तने) रू २० देखि रू ३०, मकै बोडी रू ३० देखि रू ४० र मटरकोशा रू १२० देखि रू १४० सम्म रहेको छ। घिउ सिमी (लोकल तथा हाइब्रीड) दुवै रू ३० देखि रू ५० मा उपलब्ध छन् भने राजमा सिमी रू ९० देखि रू १०० र टाटे सिमी रू ६० देखि रू ८० सम्म रहेको छ। यस्तै, भटमासकोशा रू १०० देखि रू १२०, तितो करेला रू ३० देखि रू ५०, लौका रू ४० देखि रू ५० र परवर (लोकल) रू ४० देखि रू ५० सम्ममा कारोबार भइरहेको छ। तराईको परवर भने रू ४० देखि रू ५० सम्म रहेको छ।

त्यसैगरी, चिचिण्डो रू ३० देखि रू ४०, घिरौला रू ४० देखि रू ६०, झिगूनी रू ६० देखि रू ७० र पाकेको फर्सी रू ५० देखि रू ६० सम्म तोकिएको छ। हरियो फर्सी (लाम्चो) रू ५० देखि रू ६० र हरियो फर्सी (डल्लो) रू २० देखि रू ३० मा पाइन्छ। यस्तै, भिण्डी रू २० देखि रू ३०, सखरखण्ड रू १०० देखि रू १लेज, पिंडालू रू ८० देखि रू १०० र स्कूस रू ४० देखि रू ५० सम्म रहेको छ।

सागसब्जी तर्फ रायो साग रू ३० देखि रू ४०, पालूगो साग रू ५० देखि रू ७०, चमसूरको साग रू ६० देखि रू ८०, तोरीको साग रू ४० देखि रू ६० र हरियो प्याज रू ८० देखि रू १०० सम्म तोकिएको छ। यस्तै, च्याउ (कन्य) रू २०० देखि रू २५०, च्याउ (डल्ले) रू ३०० देखि रू ३७०, राजा च्याउ रू २८० देखि रू ३०० र सिताके च्याउ रू ८०० देखि रू १००० सम्म रहेको छ।

यसैगरी, कुरीलो रू ३०० देखि रू ३५०, न्यूरो रू ९० देखि रू १००, ब्रोकाउली रू ८० देखि रू १००, चुकुन्दर रू ५० देखि रू ६०, सजिवन रू १०० देखि रू १२० र रातो बन्दा रू ३० देखि रू ४० सम्ममा बिक्री भइरहेको छ। यस्तै, जिरीको साग रू ९० देखि रू १००, सेलरी रू १२० देखि रू १३०, पार्सले रू २०० देखि रू २२०, सौफको साग रू ८० देखि रू ९०, पुदीना रू १०० देखि रू १२० र गान्टे मूला रू ७० देखि रू ८० सम्म रहेको छ। त्यसैगरी, इमली रू १६० देखि रू १८०, तामा रू १३० देखि रू १५०, तोफु रू १४० देखि रू १६० र गुन्दुक रू ३०० देखि रू ३५० सम्म तोकिएको छ।

फलफूल तर्फ फूजी स्याउ प्रतिकिलो रू २८० देखि रू ३००, नेपाली केरा प्रतिदर्जन रू १८० देखि रू २०० र मालभोग केरा प्रतिदर्जन रू २०० देखि रू २२० सम्म रहेको छ। यस्तै, कागती रू १५० देखि रू १८०, अनार रू ४०० देखि रू ४२०, मालदह आँप रू ७० देखि रू ९०, दसहरी आँप रू ९० देखि रू ११० र हरियो तरबुजा रू ४० देखि रू ५० सम्म तोकिएको छ।

यसैगरी, जुनार रू २०० देखि रू २२०, भुई कटहर प्रतिगोटा रू १८० देखि रू २००, रुख कटहर रू ४० देखि रू ५०, चाइनिज नासपाती रू २३० देखि रू २५० र नेपाली मेवा रू ८० देखि रू ९० सम्म रहेको छ। यस्तै, भारतीय मेवा रू ९० देखि रू १००, लोकल लिच्ची रू २३० देखि रू २५० र भारतीय लिच्ची रू २८० देखि रू ३०० मा कारोबार भइरहेको छ। काँचो नरिवल रू ७० देखि रू ८० र हरियो नरिवल रू १५० देखि रू १७० सम्म रहेको समितिले जनाएको छ।

अदुवा प्रतिकिलो १२० देखि रू १३०, सुकेको खुर्सानी रू ४५० देखि रू ५००, हरियो लाम्चो खुर्सानी रू ४० देखि रू ५० र बुलेट खुर्सानी रू ३० देखि रू ४० सम्म तोकिएको छ। माछे खुर्सानी रू ५० देखि रू ७०, अकबरे खुर्सानी रू २५० देखि रू ३००, भेडे खुर्सानी रू ६० देखि रू ८०, हरियो लसुन रू १५० देखि रू २०० र हरियो धनिया रू ९० देखि रू ११० सम्म रहेको छ। सुकेको चाइनिज लसुन रू २०० देखि रू २२० र नेपाली सुकेको लसुन रू १६० देखि रू १८० मा पाइन्छ।

माछा तर्फ सुकेको माछा रू ८०० देखि रू १०००, ताजा रहु माछा रू ३२० देखि रू ३४०, बचुवा माछा रू २८० देखि रू ३०० र छडी माछा रू २४० देखि रू २५० सम्ममा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?