हेर्नुहोस् कालीमाटी बजारको विस्तृत मूल्यसूची

काठमाडौँ, २८ जेठ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ६० रूपैयाँसम्म रहेको छ भने भारतीय ठूलो गोलभेडा ६० देखि ७० रूपैयाँमा कारोबार भइरहेको छ। सानो लोकल गोलभेडा १० देखि २० र टनेल गोलभेडा २६ देखि ३५ रूपैयाँसम्म तोकिएको छ। आलुको मूल्य विवरण हेर्दा रातो लाम्चो आलु ३५ देखि ३८, रातो गोलो ३० देखि ३२ र मुडेको रातो आलु ३२ देखि ३५ रूपैयाँसम्म रहेको छ।

यसैगरी, भारतीय सुकेको प्याज न्यूनतम ४० देखि ४३ रूपैयाँमा बिक्री भइरहेको छ। लोकल गाजर ८० देखि १००, लोकल बन्दा ५० देखि ६०, र स्थानीय काउली ४० देखि ६० रूपैयाँसम्म कारोबार भइरहेको छ। लोकल काँक्रो ५० देखि ७०, हाइब्रिड १० देखि २० र लोकलक्रस काँक्रो ५० देखि ६० रूपैयाँमा उपलब्ध छ। रातो मूला ३० देखि ४० र हाइब्रिड सेतो मूला १५ देखि २० रूपैयाँसम्म पर्ने देखिन्छ।

समितिका अनुसार लाम्चो भन्टा २५ देखि ३५, डल्लो भन्टा ३० देखि ४०, तने बोडी २० देखि ३० र मकै बोडी ३० देखि ४० रूपैयाँसम्म तोकिएको छ। मटरकोशा १८० देखि २०० रूपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ४० देखि ५० र हाइब्रिड घिउ सिमी ४० देखि ५० रूपैयाँ नै रहेको छ। राजमा सिमी ९० देखि १०० र टाटे सिमी ६० देखि ७० रूपैयाँ प्रतिकिलो पर्नेछ। भटमासकोशा १०० देखि १३०, तितो करेला ३० देखि ४०, लौका ४० देखि ५०, र परवर (लोकल तथा तराई दुवै) ३० देखि ४० रूपैयाँसम्म पाइन्छ।

यस्तै, चिचिण्डो ३० देखि ४०, घिरौला ४० देखि ५०, झिगूनी ५० देखि ६०, पाकेको फर्सी ५० देखि ६० र हरियो लाम्चो फर्सी ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको छ। हरियो डल्लो फर्सी भने ३० देखि ४० रूपैयाँ तोकिएको छ। भिण्डी २० देखि ३०, सखरखण्ड ६० देखि ७०, पिंडालु ८० देखि ९० र स्कूस ४० देखि ५० रूपैयाँमा उपलब्ध छ। सागसब्जीको कुरा गर्दा रायो साग ४० देखि ५०, पालुंगो ८० देखि ९०, चमसूर ८० देखि ९०, तोरीको साग ५० देखि ६० र हरियो प्याज ८० देखि ९० रूपैयाँसम्म रहेको छ।

च्याउतर्फ कन्य च्याउ २०० देखि २५०, डल्ले ३०० देखि ३५०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रूपैयाँसम्म पर्नेछ। कुरीलो ३०० देखि ३५०, न्यूरो ७० देखि ८०, ब्रोकाउली ८० देखि १००, चुकुन्दर ५० देखि ६० र सजिवन १०० देखि १२० रूपैयाँमा कारोबार भइरहेको छ। रातो बन्दा ४० देखि ५०, जिरीको साग ९० देखि १००, सेलरी १२० देखि १३०, पार्सले २०० देखि २२०, सौफको साग ८० देखि ९०, पुदीना १०० देखि १२० र गान्ते मूला ६० देखि ७० रूपैयाँ तोकिएको छ। इमली १८० देखि २००, तामा १३० देखि १४०, तोफु १४० देखि १६० र गुन्द्रुक ३०० देखि ३५० रूपैयाँसम्म पर्नेछ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २०८ देखि ३०० रूपैयाँसम्म तोकिएको छ। नेपाली केरा प्रतिदर्जन १८० देखि २०० र मालभोग केरा २०० देखि २२० रूपैयाँमा उपलब्ध छ। कागती १५० देखि १७०, अनार ४०० देखि ४२०, मालदह आँप ६० देखि ७०, र दसहरी आँप ९० देखि १०० रूपैयाँमा बिक्री भइरहेको छ। हरियो तरबुजा ४० देखि ५०, जुनार २०० देखि २२० र भुईँकटहर प्रतिगोटा १८० देखि २०० रूपैयाँ पर्नेछ।

रुख कटहर ४० देखि ५०, चाइनिज नासपाती १५० देखि १६०, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा ९० देखि १०० रूपैयाँमा पाइन्छ। लोकल लिची २३० देखि २५०, भारतीय लिची २८० देखि ३००, काँचो नरिवल ७० देखि ८० र हरियो नरिवल १५० देखि १७० रूपैयाँ छ।

अदुवा प्रतिकिलो १२० देखि १३०, सुकेको खुर्सानी ४०० देखि ४५० र हरियो लाम्चो खुर्सानी ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ। बुलेट खुर्सानी ३० देखि ४०, माछे खुर्सानी ५० देखि ६० र अकबरे हरियो खुर्सानी २५० देखि ३०० रूपैयाँसम्म पर्नेछ। भेडे खुर्सानी ६० देखि ८०, हरियो लसुन १५० देखि २००, हरियो धनियाँ ९० देखि १००, सुकेको चाइनिज लसुन २०० देखि २२० र सुकेको नेपाली लसुन १६० देखि १८० रूपैयाँसम्म रहेको छ।

माछातर्फ सुकेको माछा ८०० देखि १०००, ताजा रहु माछा ३२० देखि ३४०, बचुवा माछा २८० देखि ३०० र छडी माछा २४० देखि २५० रूपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?