बढ्यो काउलीको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ११०,टनेल गोलभेडा सानो ११०, भारतीय गोलभेडा सानो ११०,काउली स्थानिय प्रतिकेजी १२० रुपैयाँ,भारतीय प्याज सुकेको १०२,घिउ सिमी लोकल ९०,आलु रातो ८२ रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ६१,लौका ४०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १३० रुपैयाँ,तने बोडी ८०,बन्दा लोकल ४० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर ११० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ,भिण्डी ८०,कागती १६० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला ७० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ४५० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ११०,किवि २०० रुपैयाँ,आभोकाडो २३०,फुजी स्याउ २८०,तरबुजा ८०,चाइनिज नासपाती २३०,अमला ६०,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ८०० रुपैयाँ,चिचिन्डो ३०,चुकुन्दर ८०,चमसुरको साग २००,पालूगो साग ९०,प्याज हरियो १५०,लसुन हरियो २८०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ८०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ७०,तामा ९०,स्कूस १५,छडी माछा २४०,रहु माछा ३४५,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २७०,खुर्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी १००,भेडे खु्र्सानी १८० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २५०,सेलरी ९००,पर्सले २०००,भटमासकोशा १००,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८०,रुख टमाटर १५०,बरेला ७०,लोकल परवर ७० रुपैयाँमा कारोबार भइरहेको छ ।