ह्वात्तै घट्यो अदुवाको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ६० ,टनेल गोलभेडा सानो ६५, गोलभेडा सानो ७०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ,भारतीय प्याज सुकेको १००,घिउ सिमी लोकल १३०,आलु रातो ६५ रुपैयाँ,भारतीय आलु रातो ६५,लौका ९०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ,कन्य च्याउ २०० रुपैयाँ,तने बोडी १४०,बन्दा लोकल ८० रुपैयाँ,मकै बोडी ७०,लोकल गाजर १८० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३० रुपैयाँ, सखरखण्ड ९०,ब्रोकाउली १३० रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ,भिण्डी १००,कागती १४० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ,मटरकोशा १३०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ, नेपाली मेवा ४०,भारतीय मेवा १००,किवि २०० रुपैयाँ, नेपाली सुन्तला १००,भारतीय सुन्तला १००,स्ट्रबेरी ५००,आभोकाडो २००,फुजी स्याउ २८०,तरबुजा ८०,अम्बा १८०,चाइनिज नासपाती २३०,अमला ६०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ११०० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर ११०,रायो साग प्रतिकेजी ४०,चससुरको साग १००,पालूगो साग ९०,प्याज हरियो १००,लसुन हरियो २५०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,सेलरी ५००,पर्सले १५००,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस २०,छडी माछा २४०,रहु माछा ३४५,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २५०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ८० रुपैयाँ,लसुन सुकेको नेपाली ३५०,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी ११०,रुख टमाटर १५०,बरेला ७०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?