ह्वात्तै बढ्यो गोलभेडाको मूल्य,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ६५ ,टनेल गोलभेडा सानो १०५,गोलभेडा सानो १००,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ,ज्यापु काउली स्थानिय १२०,भारतीय प्याज सुकेको ९५,घिउ सिमी लोकल १२०,आलु रातो ६५ रुपैयाँ,आलु सेतो ५८,भारतीय आलु रातो ६५,लौका ८०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।
समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ, अंगुर कालो ३५०,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि २०० रुपैयाँ, नेपाली सुन्तला ८०,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४००,आभोकाडो २००,फुजी स्याउ २८०,तरबुजा ८०,अम्बा १८०,अमला ६०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १८० रुपैयाँ,तने बोडी १३०,बन्दा लोकल ९० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १८० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो ४० रुपैयाँ, सखरखण्ड ९०,ब्रोकाउली १४० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ,भिण्डी १००,कागती १४० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ,मटरकोशा १४०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ११०० रुपैयाँ,चिचिन्डो ४०,चुकुन्दर १००,रायो साग प्रतिकेजी ४०,चससुरको साग १२०,पालूगो साग ९०,प्याज हरियो १००,लसुन हरियो १५०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,सेलरी ५००,पर्सले १५००,लप्सी ५०,पिंडालू ७०,तामा ९०,स्कूस २० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २५०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ७० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी १२०,रुख टमाटर १५०,बरेला ७०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।