नेपाली मेवाको मूल्य घट्दा भारतीय मेवाको मूल्य उच्च ,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली मेवा प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ,भारतीय मेवा ९०,केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,शरिफा २००,कालो अंगुर ३५०,किवि २०० रुपैयाँ,नेपाली सुन्तला १००,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०, झोले स्याउ २४०,अम्बा १८०,अमला ७०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ,कन्य च्याउ २०० रुपैयाँ,तने बोडी १३०,बन्दा लोकल ५० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १४० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३५ रुपैयाँ, सखरखण्ड ८०,ब्रोकाउली १३० रुपैयाँ,भन्टा लाम्चो ७५ रुपैयाँ,भिण्डी ११०,कागती १४० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ,मटरकोशा १५०,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी ११० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आलु रातो प्रतिकेजी न्यूनतम मूल्य ६८ रुपैयाँ,आलु सेतो ६०,भारतीय आलु रातो ५६,काउली स्थानिय ७० रुपैयाँ,ज्यापु काउली स्थानिय ९०,घिउ सिमी लोकल १३०,घिउ सिमी राजामा १३०,नेपाली गोलभेडा सानो प्रतिकेजी ७५ रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०, भारतीय गोलभेडा सानो ७०,तराइ गोलभेडा सानो ९०,टनेल गोलभेडा सानो ७५,भारतीय प्याज सुकेको ९५,लौका ६०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।
यस्तै कुरीलो प्रतिकेजी न्यूनतम मूल्य १००० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी २५,चससुरको साग ९०,पालूगो साग ९०,तोरीको साग ३०,मेथीको साग ९०,प्याज हरियो ९०,लसुन हरियो २००,हरियो धनिया ५० रुपैयाँ,पिंडालू ८०,तामा ९०,स्कूस १५,लप्सी ५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २८०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ६० रुपैयाँ,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी १४०,रुख टमाटर १५०,बरेला ८०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ।