बढ्यो मटरकोशाको मूल्य ,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार आलु रातो प्रतिकेजी न्यूनतम मूल्य ६५ रुपैयाँ,आलु सेतो ६०,भारतीय आलु रातो ६०,काउली स्थानिय ७० रुपैयाँ,ज्यापु काउली स्थानिय १००,घिउ सिमी लोकल १२०,घिउ सिमी राजामा १३०,नेपाली गोलभेडा सानो प्रतिकेजी ८५ रुपैयाँ,भारतीय गोलभेडा ठूलो ९०,भारतीय गोलभेडा सानो ८०,तराइ गोलभेडा सानो १००,टनेल गोलभेडा सानो १२०,भारतीय प्याज सुकेको ९०,लौका ६०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ,सिताके च्याउ ७००,कन्य च्याउ २०० रुपैयाँ,तने बोडी १४०,बन्दा लोकल ५० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १३० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो ३० रुपैयाँ, सखरखण्ड ८०,ब्रोकाउली १२० रुपैयाँ,भन्टा लाम्चो ५० रुपैयाँ,भिण्डी १००,कागती १४० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ,मटरकोशा १७० ,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी ११० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ६० रुपैयाँ,भारतीय मेवा ९०,केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,शरिफा २००,कालो अंगुर ३५०,किवि २०० रुपैयाँ,नेपाली सुन्तला १००,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०, झोले स्याउ २४०,अम्बा १८०,अमला ६०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी न्यूनतम मूल्य १००० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर ८०,रायो साग प्रतिकेजी २५,चससुरको साग ९०,पालूगो साग ९०,तोरीको साग ३०,मेथीको साग ९०,प्याज हरियो ८०,लसुन हरियो २००,हरियो धनिया १०० रुपैयाँ,पिंडालू ८०,तामा ९०,स्कूस १५,लप्सी ५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी ६०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ५०,भेडे खु्र्सानी ६० रुपैयाँ,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी ११०,रुख टमाटर १५०,बरेला ८०,लोकल परवर ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?