सिँचाइ अभावले धान सुक्न थाल्यो, किसान चिन्तित

कञ्चनपुर :

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपिएको धान सुक्न थालेको छ । आकासे पानीको भरमा रोपाइँ गरेका किसानहरू धानका बोट पहेँलिँदै गएपछि चिन्तित बनेका छन् ।

विशेषगरी शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी र वेदकोट नगरपालिकाका उँचो भू-भागमा लगाइएको धान सुकेको हो । किसानहरूले धान रोपाइँमा गरेको हजारौंको लगानी खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय कृषि शाखाका अनुसार, पानीको अभावले धानमा गबारो जस्ता रोगको प्रकोप पनि देखिन थालेको छ । सिँचाइ सुविधा भएका ठाउँमा पनि नहरको पानी पालोमा नपाउँदा उत्पादन घट्ने देखिएको छ । जिल्लामा करिब १० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?