हेलचेक्य्राइमा परेको ‘सुपरफुड’ आलस: मुटुदेखि क्यान्सरसम्मका लागि चमत्कारी, डा. अनिलको यस्तो छ सुझाव
काठमाडौँ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल
किन हो आलस ‘सुपरफुड’? यस्ता छन् ५ मुख्य फाइदा
डा. अनिलका अनुसार आलसमा पाइने अद्वितीय पौष्टिक तत्वहरूले यसलाई ‘सुपरफुड’ बनाएको हो। यसका मुख्य फाइदाहरू यसप्रकार छन्:
-
उच्च पौष्टिकता: प्रोटिन, फाइबर, र ओमेगा-३ जस्ता स्वस्थ फ्याटको सन्तुलित स्रोत आलसमा भिटामिन B1, कपर, म्याग्नेसियम र फस्फोरस जस्ता तत्वहरू प्रचुर मात्रामा पाइन्छन्, जसले शरीरलाई ऊर्जावान् राख्छ।
-
ओमेगा-३ को खानी: शाकाहारीहरूका लागि ओमेगा-३ फ्याटी एसिडको यो सबैभन्दा उत्तम स्रोत हो। यसमा पाइने अल्फा-लिनोलेनिक एसिड (ALA) ले मुटुलाई स्वस्थ राख्न, स्ट्रोकको जोखिम घटाउन र शरीरमा हुने जलन (inflammation) कम गर्न मद्दत गर्छ।
-
कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण: यसको नियमित सेवनले शरीरमा हानिकारक कोलेस्ट्रोल (LDL) को मात्रा घटाउनुका साथै उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा पनि सकारात्मक भूमिका खेल्ने विभिन्न अध्ययनले देखाएका छन्।
-
क्यान्सरको जोखिम घटाउँछ: आलसमा ‘लिग्नेन’ (Lignans) नामक शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ, जुन अन्य वनस्पतिमा भन्दा करिब ८०० गुणा बढी हुन्छ। यो तत्वले स्तन, आन्द्रा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न विशेष भूमिका खेल्छ।
-
पाचन प्रणालीमा सुधार: आलसमा प्रचुर मात्रामा घुलनशील र अघुलनशील फाइबर हुने भएकाले यसले पाचन प्रणालीलाई बलियो बनाउँछ र कब्जियत जस्ता समस्याबाट स्थायी रूपमा मुक्ति दिन्छ।
कसरी खाने? विज्ञको उत्तम सुझाव
डा. अनिलले आलसबाट अधिकतम फाइदा लिन यसलाई सही तरिकाले सेवन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आलसलाई काँचै खानु वा यसको तेल मात्र प्रयोग गर्नुभन्दा भुटेर पिसेर खानु सबैभन्दा प्रभावकारी हुन्छ।
“आलसलाई हल्का तावामा भुटेर मिक्सरमा पिसेर धुलो बनाउनु उत्तम हुन्छ,” डा. अनिलले भने, “यसको तेलभन्दा धुलोमा ‘लिग्नेन’ जस्ता तत्वहरू बढी मात्रामा सुरक्षित रहन्छन्।”
उनले दैनिक १-२ चम्चा धुलो सेवन गर्नु स्वास्थ्यका लागि पर्याप्त हुने बताए। डा. अनिलले आफूले नियमित रूपमा जाउलो (खिचडी) मा मिसाएर खाने गरेको जानकारी दिँदै यसको धुलोलाई नुन, खुर्सानी र कागती मिसाएर चटनीको रूपमा भात, दाल वा तरकारीसँग पनि खान सकिने सुझाव दिए।
उनले आलसको धुलोलाई एकैपटक धेरै बनाएर राख्दा यसको पौष्टिकता घट्दै जाने भएकाले एक हप्ताका लागि मात्रै बनाउनु उपयुक्त हुने बताए।
डा. अनिलले कुनै समय सस्तो र बेवास्ता गरिएको आलसको महत्व अहिले विश्वभर स्थापित हुँदै गएको बताए। उनले दीर्घकालीन स्वास्थ्यका लागि यो सस्तो र सरल उपायलाई आफ्नो भान्सामा अनिवार्य रूपमा समावेश गर्न सबैलाई आग्रह गरेका छन्।
