निर्यातको चमक पछाडि आयातको भर,नेपालबाट तेस्रो ठूलो निर्यातक वस्तु बन्यो सूर्यमुखी तेल

काठमाडौं – नेपालको वैदेशिक व्यापारमा सूर्यमुखी तेल एक महत्त्वपूर्ण वस्तुको रूपमा स्थापित भएको छ। कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्तिमा अस्वाभाविक वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष ०८१/८२ मा कच्चा सूर्यमुखी तेलको आयातमा उल्लेख्य वृद्धि भएको छ। आव ०८०/८१ मा १७ अर्ब ८३ करोड रुपैयाँको आयात भएकोमा, गत आर्थिक वर्षमा यो बढेर २९ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

आयात वृद्धिसँगै प्रशोधित तेलको निर्यातमा भने अकल्पनीय उछाल आएको छ। आव ०८०/८१ मा जम्मा १६ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल निर्यात भएकोमा, गत आर्थिक वर्षमा यो ७६ गुणाले बढेर १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। यही कारण, प्रशोधित सूर्यमुखी तेल मुलुकबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ।

यी आँकडाले नेपालमा कच्चा पदार्थ ल्याएर प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर बाह्य बजारमा बिक्री गर्ने उद्योग फस्टाइरहेको सङ्केत गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?