आज दिनभरि नै वर्षाको सम्भावना,चार प्रदेशमा भारी वर्षाको चेतावनी

चट्याङ

काठमाडौं, श्रावण १२ गते।

आज सोमबार देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही प्रदेशका सीमित स्थानमा भारी वर्षाको समेत चे!तावनी दिइएको छ।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी तराईका केही स्थानमा पनि यस्तै मौसम रहनेछ।

यसैगरी, कोशी प्रदेशको तराई तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। राति विशेषगरी गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। साथै, मेघगर्जन/चट्याङबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न पनि आग्रह गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments