देशभर मनसुनी वर्षा, बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, श्रावण १६ गते।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभावले साधारणतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाले आज राति विशेष गरी बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज दिउँसोको लागि जारी गरेको पूर्वानुमान अनुसार, देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै, आज राति पनि देशभर बदली कायमै रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ भने बाँकी तराई भू-भागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ।

विभागले बागमती प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?