आजको मौसम: देशभर बदली, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चट्याङ

काठमाडौं, श्रावण १७ गते।

आज शनिबार देशभर मनसुनी वायु सक्रिय रहँदा मौसम सामान्यतया बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। यस्तै, तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, आज राती पनि देशभर मौसम बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। भारी वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र त्यसले दैनिक जनजीवन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?