आजको मौसम: देशभर मनसुन कमजोर, पहाडी भू-भागमा वर्षाको सम्भावना कायमै
काठमाडौं, श्रावण ३० :
विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो सुदूरपश्चिम प्रदेश र अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।
यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। राती विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ। साथै, देशका अन्य पहाडी तथा तराई भेगका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
मनसुन कमजोर रहेकाले ठूलो वर्षाको सम्भावना हाललाई कम भए पनि पहाडी क्षेत्रका केही स्थानमा हुन सक्ने वर्षाका कारण सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
