आज राति कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं, भाद्र ०५।
आज राति भने मौसम थप सक्रिय हुने देखिएको छ। विभागका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुनेछ। विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
