मौसम पूर्वानुमान: देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

भाद्र १५ गते, आइतबार।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले देशभर बदली भई वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुनेछ। विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

आज राती पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुनेछ। यसैगरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने र सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्क रहन पनि विभागले आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments