आज दिउँसो र राति कहाँ-कहाँ हुदै छ भारी वर्षा ?
भाद्र १६ गते (सोमबार)।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्छ। विशेषगरी, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। यात्रा गर्दा वा बाहिर निस्कँदा सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
