कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं, भाद्र २१ गते, शनिबार।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यातायात तथा दैनिक कामकाजमा निस्कनेहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
