मौसम समाचार: देशभर बदली, भारी वर्षाको सम्भावना
काठमाडौँ, भाद्र ३० गते (सोमबार)।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरैजसो स्थानमा र तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकाय तथा स्थानीय बासिन्दालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
