देशभर आंशिक बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आश्विन ०६ गते सोमबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको तथा स्थानीय वायुको आंशिक प्रभावले देशभरको मौसममा आंशिक बदली देखिने भएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी, कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसका साथै, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको हुनाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments