एक किलो कुरीलोको दामले ४ किलो रहु माछा आउने ! सागपातको भाउ पनि आकासियो, हेर्नुहोस् आज शनिबार कालिमाटीमा के को भाउ कति ?

काठमाडौं, मंसिर १३ गते ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजको नयाँ बजार मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा माछाको मूल्यमा केही उतारचढाव देखिएको छ ।

समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी १२० देखि अधिकतम १४० रुपैयाँ कायम भएको छ । यसैगरी, सानो लोकल गोलभेडा ७० देखि १०० रुपैयाँ, टनेल गोलभेडा ९५ देखि ११५ रुपैयाँ, सानो भारतीय गोलभेडा १०८ देखि ११८ रुपैयाँ र तराईको सानो गोलभेडा ११० देखि १२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, रातो आलु प्रतिकेजी ४५ देखि ५५ रुपैयाँ, भारतीय रातो आलु २८ देखि ४५ रुपैयाँ र सेतो आलु ३८ देखि ४२ रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याजको मूल्य भने प्रतिकेजी ३० देखि ३२ रुपैयाँ रहेको छ ।

त्यसैगरी, लोकल गाजरको मूल्य १४० देखि १५० रुपैयाँ र तराईको गाजर १२० देखि १३० रुपैयाँ रहेको छ । बन्दातर्फ लोकल बन्दा ५० देखि ७० रुपैयाँ र तराईको बन्दा ४५ देखि ५५ रुपैयाँ कायम भएको छ । स्थानीय काउली ५५ देखि ६५ रुपैयाँ, ज्यापु काउली ७० देखि ८० रुपैयाँ र तराईको काउली ४५ देखि ५५ रुपैयाँमा उपलब्ध छ ।

समितिले जनाए अनुसार, काक्रो लोकल ४० देखि ५० रुपैयाँ, हाइब्रिड काक्रो २५ देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ५० रुपैयाँ रहेको छ । रातो मूला ५५ देखि ६५ रुपैयाँ, लोकल सेतो मूला २५ देखि ४० रुपैयाँ र हाइब्रिड सेतो मूला ५० देखि ६० रुपैयाँ पर्नेछ । लाम्चो भन्टा ६० देखि ७० रुपैयाँ र डल्लो भन्टा ७० देखि ८० रुपैयाँ तोकिएको छ ।

कोसे तरकारीतर्फ तने बोडी १८० देखि १९० रुपैयाँ, मकै बोडी ७० देखि ८० रुपैयाँ र मटरकोशा १०० देखि १२० रुपैयाँ रहेको छ । घिउ सिमी (लोकल र हाइब्रिड) १३० देखि १५० रुपैयाँ, राजमा सिमी ८० देखि १०० रुपैयाँ र टाटे सिमी १४० देखि १५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तितो करेला १२० देखि १३० रुपैयाँ, लौका ८० देखि १०० रुपैयाँ, परवर (लोकल र तराई) ९० देखि १०० रुपैयाँ र घिरौला १४० देखि १५० रुपैयाँ पर्नेछ । पाकेको फर्सी ३० देखि ४० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ र डल्लो हरियो फर्सी ४५ देखि ५५ रुपैयाँ रहेको छ । स्कूसको मूल्य भने २० देखि ३० रुपैयाँ मात्र रहेको छ ।

सागपाततर्फ रायो साग ६० देखि ८० रुपैयाँ, पालुगो साग १८० देखि २०० रुपैयाँ, चमसूरको साग १०० देखि १२० रुपैयाँ, तोरीको साग ५५ देखि ६५ रुपैयाँ, मेथीको साग १५० देखि १६० रुपैयाँ र हरियो प्याज ६० देखि ८० रुपैयाँ तोकिएको छ । महँगो सागहरुमा जिरीको साग ६०० देखि ६५० रुपैयाँ, सेलरी ३०० देखि ३२० रुपैयाँ, पार्सले ६५० देखि ७५० रुपैयाँ, सौफको साग १५० देखि १६० रुपैयाँ र पुदीना ५०० देखि ५५० रुपैयाँ पुगेको छ ।

समितिका अनुसार सलगम र भिण्डी ११० देखि १२० रुपैयाँ, सखरखण्ड ६० देखि ८० रुपैयाँ, बरेला ७० देखि ८० रुपैयाँ, पिंडालू १०० देखि ११० रुपैयाँ, बकूला १४५ देखि १५५ रुपैयाँ र तरुल ७५ देखि ९० रुपैयाँ रहेको छ । च्याउतर्फ कन्य च्याउ २०० देखि २३० रुपैयाँ, डल्ले च्याउ ३३० देखि ३८० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ पर्नेछ । कुरीलोको मूल्य १००० देखि १२०० रुपैयाँ छ भने ब्रोकाउली १५० देखि १६० रुपैयाँ, चुकुन्दर ९० देखि १०० रुपैयाँ, रातो बन्दा १४० देखि १५० रुपैयाँ र गान्टे मूला ८० देखि १०० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २८० देखि ३२० रुपैयाँ, केरा (दर्जन) १५० देखि १६० रुपैयाँ, कागती १०० देखि १२० रुपैयाँ, अनार ३५० देखि ४०० रुपैयाँ र नेपाली सुन्तला १०० देखि १२० रुपैयाँ रहेको छ । तरबुजा ७५ देखि ८० रुपैयाँ, मौसम ८० देखि १०० रुपैयाँ, जुनार २५० देखि २६० रुपैयाँ, भुई कटहर प्रति गोटा १६० देखि १७० रुपैयाँ, निबुवा ५० देखि ६० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २२० रुपैयाँ पर्नेछ ।

यस्तै, नेपाली मेवा ६० देखि ७० रुपैयाँ (भारतीय ९०-११०), अम्बा ८० देखि १०० रुपैयाँ, लप्सी ६० देखि ७० रुपैयाँ, स्ट्रबेरी ४५० देखि ५५० रुपैयाँ, किवि २०० देखि २५० रुपैयाँ, शरीफा १८० देखि २०० रुपैयाँ, आभोकाडो २५० देखि ३०० रुपैयाँ, अमला ७० देखि ८० रुपैयाँ र रुख टमाटर १३० देखि १४० रुपैयाँ तोकिएको छ ।

अदुवा ६० देखि ८० रुपैयाँ, सुकेको खुर्सानी ३५० देखि ४२० रुपैयाँ, हरियो खुर्सानी ९० देखि १०० रुपैयाँ, बुलेट खुर्सानी ११० देखि १२० रुपैयाँ, माछे खुर्सानी १६० देखि १८० रुपैयाँ, अकबरे खुर्सानी १५० देखि १६० रुपैयाँ र भेडे खुर्सानी १५० देखि १६० रुपैयाँ रहेको छ । हरियो लसुन १३० देखि १५० रुपैयाँ, हरियो धनिया १५० देखि २०० रुपैयाँ, चाइनिज सुकेको लसुन १८० देखि २०० रुपैयाँ र नेपाली सुकेको लसुन १५० देखि १८० रुपैयाँ पर्नेछ । सुकेको छ्यापी २३० देखि २५० रुपैयाँ र हरियो छ्यापी १८० देखि २०० रुपैयाँ छ ।

अन्त्यमा, इमली १७० देखि १८० रुपैयाँ, तामा १२० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक ३५० देखि ४०० रुपैयाँ कायम गरिएको छ । माछाको मूल्यमा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २२० देखि २४० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?