स्याउ, सुन्तलादेखि स्ट्रबेरीसम्म, साताको अन्तिम दिन कुन फलफूल र तरकारीको थोक मूल्य कति ?
काठमाडौँ, १६ माघ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार गोलभेडा, आलु, प्याजदेखि विभिन्न फलफूलहरूको मूल्यमा विविधता देखिएको छ।
समितिका अनुसार, आज गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य रू ७० देखि अधिकतम रू ८० कायम भएको छ। गोलभेडा सानो (लोकल) को मूल्य रू २२ देखि ३२, सानो (टनेल) को रू ३० देखि ४५, सानो (भारतीय) को रू २५ देखि ३५ र सानो (तराई) को रू ३५ देखि ४५ रुपैयाँ रहेको छ।
यसैगरी, आलु रातोको मूल्य रू २५ देखि २८, आलु रातो (भारतीय) रू २३ देखि २५ र सुकेको प्याज (भारतीय) रू ४० देखि ४२ सम्म तोकिएको छ।
बजारमा आज गाजर (लोकल) को मूल्य रू ४० देखि ५० र तराई गाजर रू ३५ देखि ४५ रहेको छ। बन्दा (लोकल) रू ५५ देखि ७०, बन्दा (तराई) रू ४० देखि ५० र बन्दा (नरिवल) रू ३५ देखि ५० मा कारोबार भइरहेको छ। काउली तर्फ स्थानीय काउली रू ४५ देखि ५५, स्थानीय काउली (ज्यापु) रू ६५ देखि ८० र तराई काउली रू ४० देखि ५५ पर्नेछ।
त्यसैगरी, मूला रातो रू २५ देखि ३५, मूला सेतो (लोकल) रू १० देखि १५ र हाइब्रिड सेतो मूला रू १५ देखि २० तोकिएको छ। सागपात तर्फ रायो साग रू १५ देखि ३०, पालुगो र चमसूरको साग रू ५० देखि ६०, मेथीको साग रू ८० देखि ९०, प्याज हरियो रू ४० देखि ६०, बकूला रू ७५ देखि ९०, जिरीको साग रू ८० देखि ९० र सौफको साग रू ७० देखि ९० रुपैयाँ तोकिएको छ।
यस्तै, भन्टा लाम्चो रू ४५ देखि ६० र डल्लो रू ५५ देखि ७०, मटरकोशा रू ६० देखि ७०, घिउ सिमी (लोकल) रू १०० देखि १२०, हाइब्रिड रू ८० देखि १००, राजमा रू १२० देखि १३० र टाटे सिमी रू ९० देखि १०० रहेको छ। तितो करेला रू १७० देखि १९०, लौका रू ७५ देखि ८०, परवर (तराई) रू २२० देखि २४०, पाकेको फर्सी रू ४० देखि ५०, हरियो फर्सी (लाम्चो) रू १८ देखि ३० र डल्लो रू ३० देखि ३५ कायम छ।
समितिका अनुसार सलगम रू ५० देखि ६०, भिण्डी रू १२० देखि १३०, सखरखण्ड रू ६० देखि ७०, बरेला रू ४५ देखि ५५, पिंडालू रू ५० देखि ६५, स्कूस रू ७० देखि ८० र तरुल रू ५० देखि ७० तथा काक्रो (लोकल) रू ५० देखि ६५ र हाइब्रिड रू ४० देखि ५० सम्म पर्नेछ।
च्याउ तर्फ कन्य रू ७० देखि १००, डल्ले रू ३०० देखि ३५०, राजा च्याउ रू २८० देखि ३०० र सिताके च्याउ रू ८०० देखि १००० रहेको छ। ब्रोकाउली रू ४० देखि ६०, चुकुन्दर रू ५० देखि ७०, सजिवन रू १८० देखि २२०, रातो बन्दा रू ११० देखि १३०, ग्याठ कोबी रू ६० देखि ७० र गान्टे मूला रू ५० देखि ६० पर्नेछ। इमली रू १७० देखि १८०, तामा रू ११० देखि १२०, तोफु रू १३० देखि १५०, गुन्दुक रू ३२० देखि ३५० र रुख टमाटर रू २३० देखि २५० तोकिएको छ।
अदुवा रू १०० देखि १२०, सुकेको खुर्सानी रू ३६० देखि ४२०, हरियो खुर्सानी रू ११० देखि १३०, बुलेट खुर्सानी रू १३० देखि १५०, माछे खुर्सानी रू ७० देखि ९० र अकबरे खुर्सानी रू ४५० देखि ६०० रहेको छ। भेडे खुर्सानी रू ६० देखि ८०, हरियो लसुन रू ५० देखि ७०, हरियो धनिया रू ४० देखि ६०, चाइनिज सुकेको लसुन रू २०० देखि २२०, सुकेको छ्यापी रू १३० देखि १६०, हरियो छ्यापी रू १६० देखि २००, पुदीना रू ३०० देखि ३५०, सेलरी रू १८० देखि २०० र पार्सले रू ५०० देखि ६०० कायम भएको छ।
फलफूलतर्फ स्याउ (फूजी) रू २८० देखि ३३०, केरा (दर्जन) रू १४० देखि १६०, अनार रू ३०० देखि ३५०, नेपाली सुन्तला रू १५० देखि १८०, तरबुजा (हरियो) रू ८० देखि ९०, मौसम रू १२० देखि १३० र जुनार रू १२० देखि १३० रहेको छ। भुई कटहर प्रति गोटा रू १४५ देखि १५५, निबुवा रू ६० देखि ११०, नासपाती (चाइनिज) रू २२० देखि २५०, नेपाली मेवा रू ६० देखि ७० र भारतीय मेवा रू ९० देखि ११० पर्नेछ।
साथै, लप्सी रू १०० देखि १२०, किनु रू १०० देखि १३०, स्ट्रबेरी रू ४५० देखि ५५०, किवि रू २२० देखि २६०, आभोकाडो रू २५० देखि ३५० र अमला रू ९० देखि १०० रुपैयाँ कायम भएको छ।
माछा तर्फ सुकेको माछा रू ८०० देखि १०००, रहु माछा रू ३२० देखि ३४०, बचुवा रू २६० देखि २८० र छडी माछा रू २३० देखि २५० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।
