बजार जानुअघि हेर्नैपर्ने कालीमाटीको ताजा मूल्यसूची– गोलभेडा, काउलीदेखि फलफूलसम्मको पूर्ण जानकारी
काठमाडौँ, १२ माघ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले जारी गरेको मूल्यसूची अनुसार विभिन्न तरकारी, फलफूल तथा मसलाजन्य वस्तुहरूको न्यूनतम र अधिकतम बजार भाउ निम्नअनुसार रहेको छ।
समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी रु ७० र अधिकतम रु ८० कायम भएको छ। सानो लोकल गोलभेडा रु २२ देखि रु ३२, टनेलको सानो गोलभेडा रु ३० देखि रु ४५, भारतीय सानो गोलभेडा रु २८ देखि रु ३६ र तराईको सानो गोलभेडा रु ४० देखि रु ४८ सम्ममा कारोबार भइरहेको छ।
आलुको हकमा, रातो आलु प्रतिकेजी रु २५ देखि रु २८ र भारतीय रातो आलु रु २३ देखि रु २५ तोकिएको छ।
यसैगरी, सुकेको भारतीय प्याजको मूल्य प्रतिकेजी रु ४० देखि रु ४२ रहेको छ। लोकल गाजर रु ४० देखि रु ५० र तराईको गाजर रु ३५ देखि रु ४५ पर्नेछ। बन्दातर्फ लोकल बन्दा रु ५५ देखि रु ६५, तराईको बन्दा रु ४० देखि रु ५० र नरिवल बन्दा रु ३८ देखि रु ५० मा पाइनेछ।
काउलीको मूल्य हेर्दा स्थानीय काउली रु ४० देखि रु ५०, ज्यापु काउली रु ६५ देखि रु ८० र तराईको काउली रु ४० देखि रु ५० प्रतिकेजी रहेको छ। ब्रोकाउली रु ३० देखि रु ५०, रातो बन्दा रु १०० देखि रु १३० र ग्याठ कोबी रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ।
यस्तै, सागपाततर्फ रायोको साग रु १५ देखि रु ३०, पालुंगो र चमसूरको साग रु ५० देखि रु ६०, मेथीको साग रु ७० देखि रु ८०, जिरीको साग रु ८० देखि रु ९० र सौफको साग रु ८० देखि रु ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ। हरियो प्याज रु ४० देखि रु ६० र सेलरी रु १८० देखि रु २०० रुपैयाँ रहेको छ।
लोकल काक्रो रु ५० देखि रु ६५, हाइब्रिड काक्रो रु ४० देखि रु ५०, तितो करेला रु १६० देखि रु १८०, लौका रु ५५ देखि रु ७० र तराईको परवर रु २२० देखि रु २४० रुपैयाँ रहेको छ। पाकेको फर्सी रु ४० देखि रु ५० तथा हरियो फर्सी (लाम्चो र डल्लो) रु २० देखि रु ३० रुपैयाँमा पाइनेछ। भिण्डी रु १०० देखि रु १२०, बरेला रु ४५ देखि रु ५५, स्कूस रु ६० देखि रु ७० र सजिवन रु १८० देखि रु २२० कायम छ।
त्यसैगरी, रातो मूला रु २५ देखि रु ३५, लोकल सेतो मूला रु १० देखि रु १५, हाइब्रिड सेतो मूला रु १५ देखि रु २० र गान्टे मूला रु ५० देखि रु ६० रुपैयाँमा कारोबार भइरहेको छ। सलगम पनि रु ५० देखि रु ६० कै हाराहारीमा छ।
भन्टा लाम्चो रु ४५ देखि रु ५५ र डल्लो रु ५० देखि रु ६० पर्दा मटरकोशा रु ६० देखि रु ७० रुपैयाँ रहेको छ। घिउ सिमी लोकल रु १०० देखि रु १२०, हाइब्रिड रु ८० देखि रु १०० र राजमा घिउ सिमी रु १२० देखि रु १३० प्रतिकेजी र बकूला रु ८० देखि रु ९० रुपैयाँ कायम छ।
सखरखण्ड रु ६० देखि रु ७०, पिंडालू रु ५० देखि रु ६५, तरुल रु ५० देखि रु ७०, चुकुन्दर रु ५५ देखि रु ६५, इमली रु १७० देखि रु १८०, तामा रु ११० देखि रु १२०, तोफु रु १३० देखि रु १५०, गुन्दुक रु ३२० देखि रु ३५० र रुख टमाटर रु २३० देखि रु २५० रहेको छ।
च्याउतर्फ कन्य च्याउ रु ७० देखि रु १००, डल्ले च्याउ रु ३०० देखि रु ३५०, राजा च्याउ रु २८० देखि रु ३०० र सिताके च्याउ रु ८०० देखि रु १००० रुपैयाँ तोकिएको छ।
समितिका अनुसार फलफूलतर्फ, फूजी स्याउ रु ३०० देखि रु ३५०, केरा (दर्जन) रु १४० देखि रु १६०, कागती रु ८० देखि रु १००, निबुवा रु ६० देखि रु ७० र अनार रु ३०० देखि रु ३५० रुपैयाँ रहेको छ। नेपाली सुन्तला रु १५० देखि रु १८०, किनु रु १०० देखि रु १२०, हरियो तरबुजा रु ८० देखि रु ९०, भुई कटहर (प्रति गोटा) रु १४५ देखि रु १५५ र चाइनिज नासपाती रु २२० देखि रु २५० रुपैयाँ पर्नेछ।
नेपाली मेवा रु ६० देखि रु ७० र भारतीय मेवा रु ९० देखि रु ११० रुपैयाँमा पाइनेछ। लप्सी रु १०० देखि रु १२०, स्ट्रबेरी रु ४५० देखि रु ५५०, किवि रु २२० देखि रु २६०, आभोकाडो रु २५० देखि रु ३५० र अमला रु ९० देखि रु १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ।
अदुवा रु १०० देखि रु १२०, सुकेको खुर्सानी रु ३६० देखि रु ४२०, हरियो खुर्सानी रु ८० देखि रु १००, बुलेट खुर्सानी रु १०० देखि रु १२०, माछे खुर्सानी रु ७० देखि रु ९० र अकबरे खुर्सानी रु ४५० देखि रु ६०० रुपैयाँ रहेको छ। भेडे खुर्सानी रु ७० देखि रु ९०, हरियो लसुन रु ४० देखि रु ८०, हरियो धनिया रु ४० देखि रु ६०, चाइनिज सुकेको लसुन रु २०० देखि रु २२०, सुकेको छ्यापी रु १३० देखि रु १६०, हरियो छ्यापी रु १६० देखि रु २००, पार्सले रु ५०० देखि रु ६०० र पुदीना रु २५० देखि रु ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
माछाको मूल्य हेर्दा सुकेको माछा रु ८०० देखि रु १०००, ताजा रहु माछा रु ३२० देखि रु ३४०, बचुवा माछा रु २६० देखि रु २८० र छडी माछा रु २३० देखि रु २५० रुपैयाँ प्रतिकेजी कायम भएको समितिले जनाएको छ।
