भारतीय गोलभेडा ८० पर्दा लोकल ३५ मै पाइने – सागपात र सिजनल तरकारीको भाउ ह्वात्तै घट्यो (हेर्नुहोस् सूची)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबार (२३ माघ)

का लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार विभिन्न तरकारी तथा फलफूलको न्यूनतम र अधिकतम बजार भाउ यस प्रकार रहेको छ:

समितिका अनुसार आज ठूलो भारतीय गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ७० र अधिकतम ८० रुपैयाँ रहेको छ। सानो लोकल गोलभेडा २८ देखि ३५, टनेल गोलभेडा ४० देखि ५५, सानो भारतीय गोलभेडा ३६ देखि ४४ र सानो तराई गोलभेडा ४२ देखि ५२ रुपैयाँ प्रतिकेजी तोकिएको छ।

यसैगरी, रातो आलुको प्रतिकेजी मूल्य २६ देखि ३० रुपैयाँ र भारतीय रातो आलु २६ देखि २७ रुपैयाँ कायम भएको छ। भारतीय सुकेको प्याजको भाउ प्रतिकेजी ३७ देखि ४० रुपैयाँ रहेको छ।

यस्तै, बन्दातर्फ लोकल बन्दा प्रतिकेजी ५० देखि ६०, तराई बन्दा ३५ देखि ४०, नरिवल बन्दा ३५ देखि ४५ र रातो बन्दा १०० देखि १२० रुपैयाँ रहेको छ। काउलीतर्फ स्थानीय ३५ देखि ४५, ज्यापु काउली ६० देखि ७० र तराई काउली ३५ देखि ५० रुपैयाँमा किनबेच हुँदा ब्रोकाउलीको मूल्य ३५ देखि ६० रुपैयाँ तोकिएको छ।

सागपाततर्फ रायो प्रतिकेजी २० देखि ३५, पालुगो र चमसूर ४० देखि ५०, तोरी १२ देखि २०, मेथी ५० देखि ६०, जिरीको साग ६० देखि ८० र सौफको साग ६० देखि ७५ रुपैयाँ रहेको छ। हरियो प्याज ४० देखि ६०, सेलरी २०० देखि २२०, पार्सले ५०० देखि ६०० र पुदीना ३०० देखि ३५० रुपैयाँ प्रतिकेजी तोकिएको छ।

त्यसैगरी, मटरकोशा ५५ देखि ७०, घिउ सिमी लोकल १९० देखि २२०, हाइब्रिड घिउ सिमी १३० देखि १५०, राजमा १४० देखि १६०, टाटे सिमी ९० देखि १०० र बकूला ७० देखि ८० रुपैयाँ रहेको छ।

भन्टा लाम्चो ४० देखि ५५ र डल्लो ५५ देखि ७० रुपैयाँ पर्दा, लोकल काक्रो १२० देखि १५० र हाइब्रिड काक्रो १०० देखि १२० रुपैयाँ रहेको छ। तितो करेला १७० देखि १९०, लौका ७० देखि ८०, भिण्डी ११० देखि १३०, स्कूस ६० देखि ७०, बरेला ५० देखि ६० र सजिवन २०० देखि २२० रुपैयाँ कायम भएको छ।

फर्सीतर्फ पाकेको ४५ देखि ५५ र हरियो (लाम्चो तथा डल्लो) २० देखि ३० रुपैयाँ रहेको छ। जरे तरकारीमा लोकल र तराई गाजर ६० देखि ७०, रातो मूला २५ देखि ३५, सेतो लोकल मूला १२ देखि १८, हाइब्रिड मूला १८ देखि २४, सलगम ५० देखि ६०, सखरखण्ड ६० देखि ७०, पिंडालू ५५ देखि ६५, तरुल ६० देखि ७०, चुकुन्दर ६० देखि ७०, ग्याठ कोबी ५५ देखि ६५ र गान्टे मूला ५० देखि ६० रुपैयाँ रहेको छ।

च्याउतर्फ कन्य ७० देखि १००, डल्ले ३०० देखि ३५०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ पर्नेछ।

रुख टमाटर २३० देखि २५०, अदुवा ९० देखि १२०, सुकेको खुर्सानी ३५० देखि ४२०, हरियो खुर्सानी १२० देखि १४०, बुलेट खुर्सानी ११० देखि १२०, माछे खुर्सानी ६० देखि ८० र अकबरे खुर्सानी ४५० देखि ५५० रुपैयाँ रहेको छ। भेडे खुर्सानी ७० देखि ९०, हरियो लसुन ६० देखि ८०, हरियो धनिया ३० देखि ५० र चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ छ। सुकेको छ्यापी १४० देखि १६०, हरियो छ्यापी १६० देखि १८०, इमली १७० देखि १८० र तामा ११० देखि १३० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ झोले स्याउ २०० देखि २५०, फूजी स्याउ २८० देखि ३२०, केरा (प्रतिदर्जन) १६० देखि १८०, कागती १०० देखि १३०, अनार २८० देखि ३२०, हरियो अंगुर २२० देखि २५० र कालो अंगुर ४०० देखि ४४० रुपैयाँ रहेको छ।

नेपाली सुन्तला १४० देखि १८०, हरियो तरबुजा ८० देखि ९०, मौसम र जुनार १०० देखि १३०, भुई कटहर (प्रतिगोटा) १४५ देखि १५५, निबुवा ५५ देखि ६५, चाइनिज नासपाती २२० देखि २४०, नेपाली मेवा ६० देखि ७० र भारतीय मेवा ९० देखि ११० रुपैयाँ छ। लप्सी ११० देखि १३०, किनु १०० देखि १३०, स्ट्रबेरी ४५० देखि ५५०, किवि २२० देखि २६०, आभोकाडो २५० देखि ३५० र अमला ९० देखि ११० रुपैयाँ तोकिएको छ।

माछाको मूल्य हेर्दा सुकेको माछा ८०० देखि १०००, ताजा रहु माछा ३२० देखि ३४०, बचुवा २६० देखि २८० र छडी माछा २३० देखि २५० रुपैयाँ रहेको छ। अन्यमा तोफु १३० देखि १५० र गुन्दुक ३२० देखि ३५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments