कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक: गोलभेडादेखि माछासम्मको भाउ कति ?

काठमाडौँ, २४ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेडा, आलु, प्याज लगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा सामान्य घटबढ देखिएको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य ६० र अधिकतम ७० रुपैयाँ रहेको छ। सानो लोकल गोलभेडा २२ देखि ३०, सानो टनेल गोलभेडा ३० देखि ४५, सानो भारतीय गोलभेडा ३५ देखि ४२ र सानो तराई गोलभेडा ४० देखि ५२ रुपैयाँ प्रतिकेजी तोकिएको छ।

यसैगरी, रातो आलुको मूल्य प्रतिकेजी २६ देखि ३० रुपैयाँ छ भने भारतीय रातो आलु २६ देखि २७ रुपैयाँ कायम भएको छ। सुकेको भारतीय प्याजको न्यूनतम मूल्य ३७ र अधिकतम ४० रुपैयाँ रहेको छ।

यस्तै, लोकल गाजर ६० देखि ७० र तराई गाजर ४५ देखि ५५ रुपैयाँ पर्नेछ। मूलातर्फ रातो मूला २५ देखि ३५, लोकल सेतो मूला १२ देखि १८, हाइब्रिड सेतो मूला १८ देखि २४ र गान्टे मूला ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ। सलगम ५० देखि ६०, सखरखण्ड ६० देखि ७० र तरुल ६० देखि ७० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, लोकल बन्दा ५० देखि ६०, तराई बन्दा ३० देखि ४०, नरिवल बन्दा ३५ देखि ४५ र रातो बन्दा १०० देखि १२० रुपैयाँ रहेको छ। स्थानीय काउली ३० देखि ४५, ज्यापु स्थानीय काउली ५५ देखि ७०, तराई काउली ३० देखि ४५, ब्रोकाउली ४० देखि ६० र ग्याठ कोबी ५५ देखि ६५ रुपैयाँ कायम भएको छ।

मटरकोशा ६० देखि ७० रुपैयाँ छ। घिउ सिमी लोकल १८० देखि २००, हाइब्रिड १२० देखि १६० र राजमा घिउ सिमी १४० देखि १६० रुपैयाँ पर्नेछ। बकूला ७० देखि ८०, तितो करेला २०० देखि २२०, लौका ६० देखि ७०, पाकेको फर्सी ४५ देखि ५५, हरियो लाम्चो फर्सी २५ देखि ३० र डल्लो हरियो फर्सी २० देखि ३० रुपैयाँ रहेको छ। साथै, भिण्डी ११० देखि १२०, बरेला ६० देखि ७०, पिंडालू ५५ देखि ६५, स्कूस ६० देखि ७०, सजिउन २०० देखि २२०, तामा ११० देखि १३०, तोफु १३० देखि १५० र गुन्दुक ३२० देखि ३५० रुपैयाँ तोकिएको छ।

लोकल काक्रो ९० देखि १२० र हाइब्रिड काक्रो ८० देखि १०० रुपैयाँ रहेको छ भने लाम्चो भन्टा ४० देखि ५५ र डल्लो भन्टा ५० देखि ६५ रुपैयाँ कायम छ।

सागसब्जीतर्फ, रायो साग १५ देखि ३५, पालुंगो र चमसूर साग ४० देखि ५०, तोरीको साग १५ देखि २५, मेथीको साग ५० देखि ६०, हरियो प्याज ४० देखि ६०, जिरीको साग ६० देखि ८०, सौफको साग ६० देखि ८०, सेलरी २०० देखि २२०, पार्सले ५०० देखि ६०० र पुदीना ३०० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।

च्याउतर्फ कन्य च्याउ ७० देखि १००, डल्ले च्याउ २९० देखि ३४०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ पर्नेछ।

अदुवा ९० देखि १२०, सुकेको खुर्सानी ३५० देखि ४२०, हरियो खुर्सानी ११० देखि १३०, बुलेट खुर्सानी ११० देखि १३०, माछे खुर्सानी ७० देखि ८०, अकबरे खुर्सानी ४५० देखि ५५० र भेडे खुर्सानी ८० देखि ९० रुपैयाँ छ। हरियो लसुुन ६० देखि ८०, सुकेको चाइनिज लसुन २०० देखि २२०, सुकेको छ्यापी १३० देखि १६०, हरियो छ्यापी १६० देखि १८०, हरियो धनिया ३० देखि ५० र इमली १७० देखि १८० रुपैयाँ रहेको छ।

फलफूलतर्फ झोले स्याउ २०० देखि २५०, फुजी स्याउ २८० देखि ३२०, केरा प्रतिदर्जन १६० देखि १८०, कागती ११० देखि १३०, अनार २८० देखि ३२०, हरियो अंगुर २२० देखि २५० र कालो अंगुर ४०० देखि ४५० रुपैयाँ तोकिएको छ। नेपाली सुन्तला १४० देखि १८०, हरियो तरबुजा ८० देखि ९०, मौसम र जुनार १०० देखि १३०, भुई कटहर प्रतिगोटा १४५ देखि १५५, निबुवा ५५ देखि ६५, चाइनिज नासपाती २२० देखि २५०, नेपाली मेवा ६० देखि ७०, भारतीय मेवा ९० देखि ११०, लप्सी ११० देखि १२० र किनु १०० देखि १३० रुपैयाँ रहेको छ।

साथै, स्ट्रबेरी ४५० देखि ५५०, किवि २२० देखि २५०, आभोकाडो २५० देखि ३५०, अमला ९० देखि १०० र रुख टमाटर २४० देखि २६० रुपैयाँ कायम भएको छ। चुकुन्दरको मूल्य ६० देखि ७० रुपैयाँ छ।

माछाको थोक मूल्य हेर्दा सुकेको माछा ८०० देखि १०००, ताजा रहु माछा ३२० देखि ३४०, बचुवा माछा २६० देखि २८० र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकेजी तोकिएको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?