के छ आज आलु, प्याज र सिमीको अवस्था ? हेर्नुहोस् फलफूल तथा तरकारीको नयाँ रेट

काठमाडौँ, ३ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार, आज बजारमा ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य रू ६० र अधिकतम रू ७० कायम भएको छ भने सानो लोकल गोलभेडा रू २० देखि ३० सम्म किनबेच भइरहेको छ। सानो टनेल गोलभेडाको मूल्य रू २७ देखि रू ४०, सानो भारतीय गोलभेडा रू ३० देखि रू ४० र तराईको सानो गोलभेडा रू ३५ देखि रू ४० तोकिएको छ। रातो आलुको मूल्य प्रतिकेजी रू २४ देखि रू २८ तथा भारतीय रातो आलु रू २४ देखि रू २६ रहेको छ।

यसैगरी, सुकेको भारतीय प्याजको मूल्य रू ३६ देखि रू ३८, लोकल गाजर रू ५० देखि रू ६० र तराईको गाजर रू ४० देखि रू ५० कायम छ। लोकल काक्रोको मूल्य उच्च रहँदै रू १४० देखि रू १७० पुगेको छ भने हाइब्रिड काक्रो रू ५० देखि रू ६० मा उपलब्ध छ।

बन्दातर्फ लोकल बन्दा रू ४५ देखि रू ५५, तराईको बन्दा रू २० देखि रू ३०, नरिवल बन्दा रू २५ देखि रू ३५ र रातो बन्दा रू ७० देखि रू १०० तोकिएको छ। काउलीमा स्थानीय काउली रू २० देखि रू २५, ज्यापु काउली रू ४० देखि रू ५०, तराईको काउली रू १५ देखि रू २५ र ब्रोकाउली रू ४० देखि रू ५० मा कारोबार भइरहेको छ।

यस्तै, मुला, भन्टा र सिमी लगायतका तरकारीहरूको मूल्य पनि सार्वजनिक गरिएको छ। रातो मुला रू ३० देखि रू ३५, लोकल सेतो मुला रू १२ देखि रू १६, हाइब्रिड सेतो मुला रू १५ देखि रू २० र गान्टे मुला रू ४० देखि रू ५० रहेको छ। लाम्चो भन्टा रू ४५ देखि रू ५५ र डल्लो भन्टा रू ५५ देखि रू ६५ तोकिएको छ। मटरकोशा रू ५० देखि रू ६५, लोकल घिउ सिमी रू १०० देखि रू १२०, हाइब्रिड घिउ सिमी रू ९० देखि रू १००, राजमा घिउ सिमी रू ११० देखि रू १२०, टाटे सिमी रू ६० देखि रू ७५ र बकूला रू ४५ देखि रू ६० कायम भएको छ।

तितो करेलाको मूल्य भने महँगो रहँदै रू १७० देखि रू २०० पुगेको छ। लौका रू ६० देखि रू ७५, घिरौला रू १३० देखि रू १४०,रुख टमाटर रू २४० देखि रू २६०, पाकेको फर्सी रू ४५ देखि रू ५५, हरियो लाम्चो तथा डल्लो फर्सी रू १५ देखि रू २५ मा बिक्री भइरहेको छ। सलगम रू ४० देखि रू ५०, भिण्डी रू ११० देखि रू १२०, सखरखण्ड रू ६० देखि रू ७०, बरेला रू ६० देखि रू ७५, पिंडालू रू ५० देखि रू ६५, स्कूस रू ६० देखि रू ७० र तरुल रू ५० देखि रू ६० तोकिएको छ।

त्यसैगरी,रायो साग रू १५ देखि रू २५, पालुंगो रू २० देखि रू ३५, चमसूर रू २० देखि रू ३०, तोरीको साग रू १५ देखि रू २५, मेथीको साग रू ३० देखि रू ४०, हरियो प्याज रू ३५ देखि रू ४५, जिरीको साग रू ५० देखि रू ६० र सौफको साग रू ३० देखि रू ४० रहेको छ। कन्य च्याउ रू ८० देखि रू ९०, डल्ले च्याउ रू ३५० देखि रू ३८०, राजा च्याउ रू २८० देखि रू ३०० र सिताके च्याउ रू ८०० देखि रू १००० मा कारोबार हुँदा सेलरी रू १५० देखि रू १८०, पार्सले रू ३५० देखि रू ४०० र पुदीना रू ३०० देखि रू ३५० कायम छ। अन्य तरकारीमा चुकुन्दर रू ५० देखि रू ६५, सजिवन रू २५० देखि रू २८०, ग्याठ कोबी रू ५० देखि रू ६०, इमली रू १७० देखि रू १८०, तामा रू ११० देखि रू १३०, तोफु रू १३० देखि रू १५० र गुन्दुक रू २८० देखि रू ३०० रहेको छ।

समितिका अनुसार, फलफूलतर्फ आज झोले स्याउ रू २०० देखि रू २५०, फूजी स्याउ रू २८० देखि रू ३२०, केरा (दर्जन) रू १७० देखि रू १९०, कागती रू १७० देखि रू १९०, अनार रू २९० देखि रू ३३०, हरियो अंगुर रू २०० देखि रू २५०, कालो अंगुर रू ३५० देखि रू ४०० र नेपाली सुन्तला रू १४० देखि रू १८० तोकिएको छ। हरियो तरबुजा रू ८० देखि रू ९०, मौसम र जुनार रू १०० देखि रू १३०, भुई कटहर प्रति गोटा रू १३० देखि रू १४०, रुख कटहर रू १०० देखि रू १२०, निबुवा रू ५५ देखि रू ६५, चाइनिज नासपाती रू २२० देखि रू २५०, नेपाली मेवा रू ६० देखि रू ७० र भारतीय मेवा रू ९० देखि रू ११० मा पाइनेछ। लप्सी रू ११० देखि रू १३०, किनु रू १०० देखि रू १३०, स्ट्रबेरी भुईऐसेलु रू ४५० देखि रू ५५०, किवि रू २३० देखि रू २६०, आभोकाडो रू २५० देखि रू ३५० र अमला रू ९० देखि रू १०० कायम भएको छ।

अन्त्यमा, अदुवा रू १०० देखि रू १२०, सुकेको खुर्सानी रू ३६० देखि रू ४२०, हरियो खुर्सानी रू १७० देखि रू १९०, बुलेट खुर्सानी रू १५० देखि रू १६०, माछे खुर्सानी रू ६० देखि रू ७०, अकबरे खुर्सानी रू ४५० देखि रू ५५० र भेडे खुर्सानी रू ६० देखि रू ७० रहेको छ। हरियो लसुन रू ५० देखि रू ६०, हरियो धनिया रू ३० देखि रू ४५, चाइनिज सुकेको लसुन रू २२० देखि रू २५०, सुकेको छ्यापी रू १३० देखि रू १५० र हरियो छ्यापी रू १४० देखि रू १६० तोकिएको छ।

माछाको हकमा सुकेको माछा रू ८०० देखि रू १०००, ताजा रहु माछा रू ३२० देखि रू ३४०, बचुवा माछा रू २६० देखि रू २८० र छडी माछा रू २३० देखि रू २५० मा किनबेच भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?