कालीमाटी तरकारी बजार: आज कति छ तरकारी र फलफूलको मूल्य ? (पूर्ण विवरण)

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले गोलभेडा, आलु, प्याजदेखि लिएर फलफूल तथा माछासम्मको मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार, आज ठूलो गोलभेडा (भारतीय) को न्यूनतम मूल्य प्रतिकेजी रु ६० र अधिकतम रु ७० कायम भएको छ। सानो गोलभेडा (लोकल) रु २० देखि ३०, टनेलको सानो गोलभेडा रु ४० देखि ५०, भारतीय सानो गोलभेडा रु ३० देखि ४० र तराईको सानो गोलभेडा रु ३६ देखि ४८ सम्ममा किनबेच भइरहेको छ।

यसैगरी, आलु र प्याजको मूल्य हेर्दा रातो आलु प्रतिकेजी रु २२ देखि २६ र भारतीय रातो आलु रु २४ देखि २५ तोकिएको छ। सुकेको भारतीय प्याजको मूल्य रु ३५ देखि ३८ कायम छ। गाजर (लोकल) रु ५० देखि ६० र तराईको गाजर रु ४० देखि ५० पर्नेछ। काक्रो (लोकल) को भाउ रु १३० देखि १८० पुग्दा हाइब्रिड काक्रो भने रु ४० देखि ६० रुपैयाँमै पाइनेछ।

यस्तै, बन्दा र काउलीतर्फ बन्दा (लोकल) रु ४५ देखि ५५, नरिवल बन्दा रु २५ देखि ३५, स्थानीय काउली रु २५ देखि ३५, ज्यापु काउली रु ४० देखि ५० र तराई काउली रु २५ देखि ३५ रुपैयाँ रहेको छ। मूला सेतो (लोकल) रु १० देखि १६ र हाइब्रिड रु १५ देखि २० पर्नेछ। भन्टा लाम्चो रु ५० देखि ६० र डल्लो रु ५५ देखि ७० रुपैयाँ छ।

त्यसैगरी, मटरकोशा रु ४० देखि ५०, घिउ सिमी (लोकल) रु ९० देखि १००, हाइब्रिड घिउ सिमी रु ६० देखि ७०, राजमा घिउ सिमी रु १२० देखि १३० र टाटे सिमी रु ५० देखि ७० रुपैयाँ तोकिएको छ। तितो करेलाको मूल्य उच्च रहँदै रु १६० देखि २०० पुगेको छ भने लौका रु ६० देखि ७०, घिरौला रु १३० देखि १४०, पाकेको फर्सी रु ४५ देखि ५५ र हरियो फर्सी (लाम्चो तथा डल्लो) रु १५ देखि २५ रुपैयाँ कायम छ। सलगम रु ४० देखि ५०, भिण्डी रु १०० देखि १२०, सखरखण्ड रु ५५ देखि ६५, बरेला रु ४५ देखि ६०, पिँडालु र स्कूस समान रु ५५ देखि ६५ रुपैयाँमा कारोबार हुनेछ।

साथै, सागपाततर्फ रायो साग रु १० देखि २५, पालुङ्गो रु २० देखि ३५, चमसूर रु २० देखि ३०, तोरीको साग रु १५ देखि २५, मेथीको साग रु ३० देखि ४०, जिरीको साग रु ५० देखि ६०, सौफको साग रु ४० देखि ५०, सेलरी रु १५० देखि १८०, पार्सले रु ३५० देखि ४०० र पुदीना रु ३०० देखि ३५० रुपैयाँ रहेको छ। प्याज हरियो रु ४० देखि ५०, बकूला रु ४५ देखि ६०, तरुल रु ५० देखि ६०, ग्याठ कोबी रु ५० देखि ६० र गान्टे मूला रु ४० देखि ५० रुपैयाँ छ।

कन्य च्याउ रु ७० देखि १००, डल्ले च्याउ रु ३०० देखि ३५०, राजा च्याउ रु २८० देखि ३०० र सिताके च्याउ रु ८०० देखि १००० रुपैयाँ पर्नेछ। ब्रोकाउली रु ३० देखि ५०, चुकुन्दर रु ५० देखि ६५, सजिवन रु २६० देखि २८०, रातो बन्दा रु ७० देखि १००, इमली रु १७० देखि १८०, तामा रु ११० देखि १३०, तोफु रु १३० देखि १५०, गुन्द्रुक रु २८० देखि ३०० र रुख टमाटर रु २४० देखि २६० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) रु २०० देखि २५० र फुजी स्याउ रु २५० देखि ३०० रुपैयाँ छ। केरा (दर्जन) रु १७० देखि १९०, कागती रु १६० देखि १८०, अनार रु २९० देखि ३३०, हरियो अंगुर रु २०० देखि २५० र कालो अंगुर रु ३५० देखि ४०० रुपैयाँ छ। सुन्तला (नेपाली) रु १५० देखि २००, तरबुजा (हरियो) रु ८० देखि ९०, मौसम, जुनार र किनु समान रु १०० देखि १३०, भुईँ कटहर प्रति गोटा रु १३५ देखि १४५ र रुख कटहर रु ९० देखि १०० रुपैयाँ छ। निबुवा रु ५५ देखि ६५, चाइनिज नासपाती रु २२० देखि २५०, मेवा (नेपाली) रु ६० देखि ७०, भारतीय मेवा रु ९० देखि ११०, लप्सी रु १२० देखि १४०, स्ट्रबेरी रु ४५० देखि ५५०, किवि रु २३० देखि २६०, आभोकाडो रु २५० देखि ३५० र अमला रु ९० देखि १०० रुपैयाँ कायम छ।

अन्त्यमा,अदुवा रु १०० देखि १२०, सुकेको खुर्सानी रु ३६० देखि ४२०, हरियो खुर्सानी रु १६० देखि १८०, बुलेट खुर्सानी रु १६० देखि १७०, माछे खुर्सानी रु ६० देखि ८० र अकबरे खुर्सानी रु ४५० देखि ५५० रुपैयाँ छ। भेडे खुर्सानी रु ६० देखि ८०, हरियो लसुन रु ५० देखि ६०, हरियो धनिया रु ३० देखि ६०, सुकेको नेपाली लसुन रु २२० देखि २४०, सुकेको छ्यापी रु १२० देखि १५० र हरियो छ्यापी रु १०० देखि १५० रुपैयाँ छ। सुकेको माछा रु ८०० देखि १०००, ताजा माछा (रहु) रु ३२० देखि ३४०, बचुवा रु २६० देखि २८० र छडी माछा रु २३० देखि २५० रुपैयाँमा किनबेच हुने समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments