कालीमाटीमा केराको भाउ ह्वात्तै घट्यो, माछा र तरकारीको मूल्य कति ? (विवरणसहित)
काठमाडौँ, २८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आजको बजारमा भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकतम मूल्य ९० रुपैयाँ कायम गरिएको छ । यस्तै, स्थानीय सानो गोलभेडा न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँ, भारतीय सानो गोलभेडा र तराईको सानो गोलभेडा दुवैको न्यूनतम ५० र अधिकतम ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, आलु रातो (लाम्चो) न्यूनतम २३ र अधिकतम २८ रुपैयाँ, रातो आलु (गोलो) न्यूनतम २० र अधिकतम २२ रुपैयाँ तथा भारतीय रातो आलु न्यूनतम २२ र अधिकतम २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, सुकेको भारतीय प्याजको मूल्य न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँ कायम छ ।
समितिका अनुसार स्थानीय गाजर न्यूनतम ४५ देखि ६० रुपैयाँ, स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली ४० देखि ६० रुपैयाँ र तराईको काउली ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, स्थानीय काक्रो ६० देखि ८० रुपैयाँ, हाइब्रिड काक्रो ३० देखि ४० रुपैयाँ र स्थानीय क्रस काक्रो ६० देखि ८० रुपैयाँ न्यूनतम र अधिकतम मूल्यमा उपलब्ध छ ।
यसैगरी, हाइब्रिड सेतो मूला न्यूनतम १५ देखि २५ रुपैयाँ, लाम्चो भन्टा ४५ देखि ६० रुपैयाँ, डल्लो भन्टा ६० देखि ७५ रुपैयाँ, तने बोडी १०० देखि १२० रुपैयाँ र मकै बोडी ७० देखि ९५ रुपैयाँ तोकिएको छ । यस्तै, मटरकोशा ४० देखि ५० रुपैयाँ, स्थानीय घिउ सिमी ९० देखि १िलो, हाइब्रिड घिउ सिमी ७० देखि ९० र राजमा घिउ सिमी ८० देखि १०० रुपैयाँ कायम छ ।
त्यसैगरी, भटमासकोशा न्यूनतम १४० देखि १६५ रुपैयाँ, तितो करेला ५० देखि ७० रुपैयाँ, लौका ४० देखि ६० रुपैयाँ र स्थानीय परवर ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तराईको परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो ३५ देखि ५५ रुपैयाँ, घिरौला ८० देखि १०० रुपैयाँ, झिगूनी ८० देखि ९० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ तथा हरियो लाम्चो र डल्लो फर्सी ३५ देखि ५० रुपैयाँ तोकिएको छ ।
समितिका अनुसार भिण्डी न्यूनतम ६० देखि ८० रुपैयाँ, सखरखण्ड ७० देखि ७५ रुपैयाँ, पिंडालू ४५ देखि ५० रुपैयाँ र स्कूस ४५ देखि ५५ रुपैयाँमा बिक्री भइरहेको छ । सागसब्जीअन्तर्गत रायोको साग न्यूनतम ७० देखि ९० रुपैयाँ, पालूगो साग ८० देखि १०० रुपैयाँ, चमसूरको साग ८० देखि १०० रुपैयाँ, तोरीको साग २५ देखि ३५ रुपैयाँ र मेथीको साग ५५ देखि ८० रुपैयाँ कायम छ । यस्तै, हरियो प्याज १०० देखि १४० रुपैयाँ, जिरीको साग १२० देखि १३० रुपैयाँ, सेलरी ९० देखि ११० रुपैयाँ, पार्सले २२० देखि २६० रुपैयाँ, सौफको साग ८० देखि ९० रुपैयाँ र पुदीना ८० देखि १०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, च्याउतर्फ कन्य च्याउ न्यूनतम २२० देखि २६० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ रहेको छ । यसैगरी, कुरीलो ३५० देखि ४५० रुपैयाँ, ब्रोकाउली १२० देखि १४० रुपैयाँ, चुकुन्दर ५५ देखि ६५ रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ, रातो बन्दा ४० देखि ६० रुपैयाँ र गान्टे मूला ४० देखि ५० रुपैयाँ न्यूनतम र अधिकतम मूल्यमा पाइन्छ ।
फलफूलतर्फ झोले स्याउ न्यूनतम २२० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ र कागती प्रतिकिलो ३६० देखि ३८० रुपैयाँ तोकिएको छ । यस्तै, अनार ४०० देखि ५०० रुपैयाँ, हरियो अंगुर २५० देखि ३०० रुपैयाँ, कालो अंगुर ४०० देखि ४५० रुपैयाँ, हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ र भुई कटहर प्रतिगोटा २३० देखि २५० रुपैयाँ कायम छ । यसैगरी, रुख कटहर ६० देखि ७० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ८० देखि ९० रुपैयाँ र आभोकाडो ७०० देखि ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अदुवा न्यूनतम १२० देखि १४० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ८० देखि १०० रुपैयाँ, बुलेट हरियो खुर्सानी ७० देखि ८० रुपैयाँ, माछे हरियो खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे हरियो खुर्सानी ५०० देखि ५५० रुपैयाँ तोकिएको छ । यस्तै, भेडे खुर्सानी ६० देखि ७० रुपैयाँ, हरियो लसुन १८० देखि २०० रुपैयाँ र हरियो धनिया ५० देखि १०० रुपैयाँ कायम छ ।
त्यसैगरी, सुकेको चाइनिज लसुन १७५ देखि २०० रुपैयाँ, नेपाली सुकेको लसुन ९० देखि १२० रुपैयाँ, सुकेको छ्यापी ११० देखि १५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ ।
समितिका अनुसार ताजा माछातर्फ रहु माछा न्यूनतम ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा ३०० देखि ३१० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
