तीन दिनको मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ वैशाख ।नेपालमा हाल पश्चिमी वायू र स्थानीय वायूको प्रभावका साथै पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा साधारणतया बादल लागिरहेको छ भने देशका अन्य भू-भागमा आंशिक बादलको अवस्था रहेको छ।

आज सोमबारको मौसम पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै देशका अन्य पहाडी भू-भाग र तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

भोलि २९ गते मंगलबार पनि मौसममा खासै सुधार आउने देखिँदैन। दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपात हुने अनुमान गरिएको छ। मंगलबार राति पनि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा वर्षाको प्रभाव रहने महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, पर्सि ३० गते बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहनेछ। बुधबार दिउँसो यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरू र तराईका एक-दुई ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बुधबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी तीन दिनसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?