बन्द कारखानाको ढोका खुल्दै, औद्योगिक नेपालको नयाँ बिहानी: गोरखकालीसहित ७ संस्थानमा छाउनेछ अब रौनक

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि तथा औद्योगिक क्षेत्रको रूपान्तरणका लागि महत्वपूर्ण घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै वर्षौंदेखि बन्द रहेका सार्वजनिक संस्थानहरूलाई पुनः सञ्चालनमा ल्याउने ठोस योजना अघि सारेका छन्।

विशेष गरी गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानहरूको तत्काल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरिने र त्यसपश्चात् निजी-सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।

सरकारले यो सम्पूर्ण काम आगामी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ। सरकारको यो नीतिले बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालनमा आउने र यसले औद्योगिक उत्पादनमा वृद्धि गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?