हेर्नुहोस् आजको तरकारी, फलफूल र माछाको नयाँ थोक मूल्य

काठमाडौँ, १७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज धेरैजसो तरकारी र फलफूलको मूल्यमा स्थिरता देखिए पनि केही वस्तुको मूल्यमा सामान्य थपघट भएको छ ।

समितिको नयाँ मूल्यसूची अनुसार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेडा ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । सानो लोकल गोलभेडा १५ देखि २६ रुपैयाँ र टनेलको गोलभेडा २६ देखि ३१ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै, रातो आलु (लाम्चो) ३० देखि ३५ रुपैयाँ, गोलो रातो आलु २८ देखि ३० रुपैयाँ र भारतीय सुकेको प्याज ४० देखि ४३ रुपैयाँमा बिक्री भइरहेको छ ।

लोकल गाजर ७० देखि ८० रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ र स्थानीय काउली ६० देखि ७५ रुपैयाँका बीचमा रहेको छ । त्यसैगरी काक्रोतर्फ लोकल ५० देखि ८० रुपैयाँ, हाइब्रीड १५ देखि २५ रुपैयाँ र लोकलक्रस ५० देखि ६० रुपैयाँ तोकिएको छ । हाइब्रीड सेतो मूला १५ देखि ३० रुपैयाँ, लाम्चो भन्टा ४० देखि ६० र डल्लो भन्टा ५० देखि ६० रुपैयाँमा पाइन्छ । यस्तै, तने बोडी ७० देखि १०० रुपैयाँ, मकै बोडी ८० देखि ९० रुपैयाँ र लोकल घिउ सिमी ६० देखि ७० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी हाइब्रीड घिउ सिमी ४० देखि ५० रुपैयाँ, राजमा सिमी ८० देखि १०० रुपैयाँ र भटमासकोशा १४० देखि १६० रुपैयाँका बीचमा रहेको छ । समितिका अनुसार तितो करेला ३० देखि ४० रुपैयाँ, लौका ४५ देखि ५५ रुपैयाँ र लोकल परवर ५० देखि ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चिचिण्डो ३० देखि ३५ रुपैयाँ, घिरौला ४० देखि ६० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो डल्लो फर्सी ३० देखि ४५ रुपैयाँ, भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड ७० देखि ८० रुपैयाँ, पिंडालु ३० देखि ४० रुपैयाँ र स्कूस ८० देखि ९० रुपैयाँमा पाइन्छ ।

सागसब्जीतर्फ रायो साग ६० देखि ७० रुपैयाँ, पालूगो, चमसूर र सौफको साग समान ८० देखि ९० रुपैयाँमा उपलब्ध छ । तोरीको साग ४० देखि ५० रुपैयाँ, मेथीको साग ५० देखि ६० रुपैयाँ, हरियो प्याज १०० देखि १२० रुपैयाँ र जिरीको साग ९० देखि १०० रुपैयाँमा पाइन्छ । यस्तै सेलरी १२० देखि १३० रुपैयाँ, पार्सले २०० देखि २२० रुपैयाँ र पुदीना १४० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ ।

च्याउतर्फ कन्य च्याउ २५० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १०0० रुपैयाँसम्म पुगेको छ । कुरिलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ८० देखि ९० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा पाइन्छ । यसैगरी सजिवन १०० देखि १२० रुपैयाँ, रातो बन्दा ४० देखि ५० रुपैयाँ, गान्टे मूला ४० देखि ६० रुपैयाँ, हरियो मकै ४० देखि ५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १४० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक २५० देखि ३५० रुपैयाँका बीचमा रहेको छ ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा १६० देखि २०० र मालभोग केरा २०० देखि २२० रुपैयाँ प्रतिदर्जन तोकिएको छ । कागती २०० देखि २२० रुपैयाँ, अनार ३८० देखि ४२० रुपैयाँ, मालदह आँप १०० देखि १२० रुपैयाँ र दसहरी आँप १२० देखि १३० रुपैयाँमा पाइन्छ । त्यसैगरी हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर प्रतिकिलो ३५ देखि ४५ रुपैयाँ र चाइनिज नासपाती १५० देखि १६० रुपैयाँमा उपलब्ध छ ।

यस्तै नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लोकल लीच्ची २०० देखि २५० रुपैयाँ, भारतीय लीच्ची २६० देखि ३०० रुपैयाँ, काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १६० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अदुवा १०० देखि १२० रुपैयाँ, सुकेको खु्र्सानी ४०० देखि ४५० रुपैयाँ र लाम्चो हरियो खुर्सानी ५० देखि ६० रुपैयाँमा पाइन्छ । बुलेट र माछे हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, भेडे खुर्सानी ४० देखि ७० रुपैयाँ, हरियो लसुन १८० देखि २०० रुपैयाँ र हरियो धनिया १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ । चाइनिज सुकेको लसुन १९० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १२० देखि १८० रुपैयाँ तोकिएको छ ।

यसैगरी ताजा माछातर्फ रहु ३२० देखि ३४० रुपैयाँ, बचुवा २८० देखि ३०० रुपैयाँ र छडी माछा २४० देखि २५० रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?