कालीमाटी बजारमा आजको माछा, फलफूल र तरकारीको भाउ कस्तो छ ? हेर्नुहोस् पूर्ण विवरण
काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको मूल्यसूची अनुसार विभिन्न तरकारी, फलफूल, मसला र माछाको थोक मूल्य निर्धारण गरिएको छ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) को न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ तोकिएको छ। यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम ८ र अधिकतम १० रुपैयाँ तथा टनेलको सानो गोलभेडा १२ देखि २० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
यसैगरी,आलु रातो (लाम्चो) को न्यूनतम ३५ र अधिकतम ३८ रुपैयाँ छ भने गोलो रातो आलु र मुडेको रातो आलुको मूल्य ३२ देखि ३५ रुपैयाँ कायम गरिएको छ। भारतीय रातो आलु र सेतो आलुको मूल्य २८ देखि ३० रुपैयाँ रहेको छ। सुकेको भारतीय प्याज ५० देखि ५२ रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तै, गाजर (लोकल) को न्यूनतम ९० र अधिकतम १०० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ, स्थानीय काउली १०० देखि १२० रुपैयाँ र लोकल काक्रो ६० देखि ७० रुपैयाँ तोकिएको छ। हाइब्रीड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँमा उपलब्ध छ। रातो मूला २५ देखि ३० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, लाम्चो भन्टा १५ देखि २०, डल्लो भन्टा २५ देखि ३०, तने बोडी २५ देखि ३५ र मकै बोडी ४० देखि ५० रुपैयाँ मूल्य कायम भएको छ। मटरकोशा १५० देखि २०० रुपैयाँ पुगेको छ। लोकल र हाइब्रीड घिउ सिमी ४० देखि ५० रुपैयाँ तथा राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ। टाटे सिमी ५० देखि ६० र भटमासकोशा ८० देखि १०० रुपैयाँमा पाइन्छ।
समितिका अनुसार तितो करेला र लौकाको मूल्य ३० देखि ४० रुपैयाँ छ। लोकल र तराई परवरको मूल्य ३० देखि ४०, चिचिण्डो २० देखि ३०, घिरौला ३० देखि ४० र झिगूनी ४० देखि ५० रुपैयाँ तोकिएको छ। पाकेको फर्सी ५० देखि ६०, हरियो लाम्चो फर्सी ४० देखि ५० र डल्लो हरियो फर्सी २५ देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ। भिण्डी २० देखि ३० र स्कूस ३० देखि ४० रुपैयाँमा उपलब्ध छ।
यसैगरी, रायो साग ३० देखि ४०, पालूगो र चमसूरको साग ५० देखि ६०, तोरीको साग ४० देखि ५० र हरियो प्याज १२० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ। सखरखण्ड १०० देखि १२०, पिंडालू ९० देखि १००, र न्यूरो ९० देखि १०० रुपैयाँमा पाइन्छ।
कन्य च्याउ २४० देखि २८०, डल्ले च्याउ ४५० देखि ५००, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ। कुरिलो २५० देखि ३००, ब्रोकाउली ८० देखि १००, चुकुन्दर ६० देखि ७० र सजिवन २०० देखि २५० रुपैयाँमा कारोबार भइरहेको छ। रातो बन्दा ३० देखि ४०, जिरीको साग ८० देखि ९० र सेलरी १४० देखि १६० रुपैयाँ तोकिएको छ। पार्सले ३०० देखि ३५०, सौफको साग ६० देखि ७० र पुदीना १८० देखि २०० रुपैयाँमा उपलब्ध छ।
यस्तै,गान्टे मूला ५० देखि ६०, इमली १६० देखि १८०, तामा र तोफु १४० देखि १६० रुपैयाँमा बिक्री भइरहेको छ। गुन्दुुकको मूल्य ३०० देखि ३५० रुपैयाँ रहेको छ।
फलफूलको मूल्य सूची हेर्दा, फूजी स्याउ २८० देखि ३०० रुपैयाँ छ। नेपाली केरा प्रतिदर्जन २०० देखि २५० र मालभोग केरा १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ। कागती १७० देखि २००, अनार ४०० देखि ४२०, मालदह आँप ८० देखि ९० र दसहरी आँप ९० देखि १०० रुपैयाँ कायम गरिएको छ। हरियो तरबुजा ५० देखि ६०, जुनार २०० देखि २३०, रुख कटहर ४० देखि ५० र नासपाती (चाइनिज) २३० देखि २५० रुपैयाँ तोकिएको छ। भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा १०० देखि १२० रुपैयाँ छ। लोकल लीच्ची १५० देखि २०० र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ। काँचो नरिवल प्रतिगोटा ६० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँ तोकिएको छ।
अदुवा १२० देखि १४०, सुकेको खुर्सानी ४५० देखि ५०० र हरियो लाम्चो खुर्सानी ३० देखि ४० रुपैयाँ छ। बुलेट खुर्सानी २५ देखि ३०, माछे खुर्सानी ४० देखि ५० र अकबरे हरियो खुर्सानी २०० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ। भेडे खुर्सानी ७० देखि ८०, हरियो लसुन १५० देखि २०० र हरियो धनिया १०० देखि १५० रुपैयाँ मूल्य तोकिएको छ। चिनियाँ सुकेको लसुन २०० देखि २२० र नेपाली सुकेको लसुन १५० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्त्यमा, सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ। ताजा माछातर्फ रहु ३२० देखि ३४०, बचुवा २८० देखि ३०० र छडी माछा २३० देखि २५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।
